काठमाडौं । गैर–आवासीय नेपाली संघ (NRNA NCC USA, Georgia Chapter) ले नेपालका भौगोलिक विशेषता, सांस्कृतिक पहिचान, विविधता र पर्यटन प्रवर्द्धनमा केन्द्रित विशेष डकुमेन्ट्री प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अनुसार, मातृभूमिलाई विश्व समुदायमा चिनाउने उद्देश्यका साथ तयार पारिएको उक्त डकुमेन्ट्री नोभेम्बर ८, २०२५ (शनिबार) का दिन AMC North Dekalb 16,
2042 Lawrenceville HWY, Suite F-22, Decatur GA 30033 मा प्रदर्शन गरिनेछ।
कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म सञ्चालन हुनेछ।
संघले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई नेपालको संस्कृति र पहिचान प्रवर्द्धनमा साथ दिन हार्दिक अनुरोध गरेको छ।











