थाइल्याण्डमा गैर आवासीय नेपाली संघको रक्तदान कार्यक्रम आयोजना हुने

everest kitchen

काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मध्य क्षेत्रीय समिती, थाइल्याण्डले आगामी नोभेम्बर ९, २०२५ (आईतबार) का दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

संघले सामाजिक उत्तरदायित्व र मानवताको भावनालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरेको जनाएको छ।
संघका अनुसार, यस्तो अभियानले थाइल्याण्डस्थित नेपाली समुदायबीच एकता र सहकार्यलाई अझ मजबुत पार्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी भई रक्तदान वा अन्य सहयोगमार्फत समर्थन गर्न थाइल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरूलाई संघले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम विवरण

  • मिति: ९ नोभेम्बर २०२५ (आईतबार)

  • समय: बिहान ९:०० देखि साँझ ४:०० सम्म

  • स्थान: Thai Red Cross Society, Henri Dunant Road, Pathum Wan, Bangkok

संघले सबै नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई मानवता र सहकार्यको सन्देश फैलाउन योगदान दिन आग्रह गरेको छ।