एनआरएनए दक्षिण कोरिया द्वारा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

everest kitchen

सोल (दक्षिण कोरिया), 
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Korea) ले सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

संघले जारी गरेको सूचनाअनुसार कार्यक्रम २०२५ नोभेम्बर २ (आइतबार) का दिन बिहान ११:१५ बजे, सोलको 중로구 창신길 51, 5층, MG새마을금고 (Dongdaemun Station, Line 1, Exit 1) मा आयोजना हुनेछ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै संघ–संस्थाका प्रतिनिधिहरू, एनआरएनएका अग्रज, संरक्षक, सल्लाहकार, व्यवस्थापक, पूर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्यहरू तथा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

संघले सबै सम्बन्धित संघ–संस्था र व्यक्तिहरूलाई फेसबुक मेसेन्जरमार्फत पत्राचार गरिसकेको जनाएको छ। तर यदि कसैलाई आधिकारिक पत्र प्राप्त नभएको भए पनि यसै निमन्त्रणालाई आधिकारिक रूपमा लिएर कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।