अबुधाबी, अक्टोबर ३०, २०२५ — संयुक्त अरब इमिरेट्स (UAE) स्थित नेपाली राजदूतावासले नेपाली समुदायका स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी सोमबार, नोभेम्बर ३, २०२५ का दिन बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म राजदूतावास परिसरमा “योगदान राष्ट्रको लागि, युएई” सँग सहकार्यमा नि:शुल्क प्राथमिक उपचार सम्बन्धी तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रमको उद्देश्य दैनिक जीवनमा आइपर्न सक्ने आकस्मिक स्वास्थ्य समस्याका अवस्थामा कसरी तुरुन्त र सही रूपमा प्रतिक्रिया जनाउने भन्ने विषयमा नेपाली समुदायलाई सचेत र सक्षम बनाउने रहेको छ।
राजदूतावासका अनुसार, तालिममा निम्न विषयहरू समावेश हुनेछन्:
-
फर्स्ट एडरको भूमिका, जिम्मेवारी र प्राथमिक उपचारको महत्त्व
-
सीपीआर (वयस्क र शिशुका लागि)
-
घाउ र रक्तस्राव नियन्त्रण
-
दौरा (Seizure)
-
हड्डी भाँचिने (Fracture) अवस्था
-
घाँटी अड्किने (Choking) अवस्था
-
विष सेवन (Poison)
-
घामपात (Heat stroke)
-
बेहोस हुने (Faint) अवस्था
-
करेन्ट लाग्ने (Electric shock)
-
मुटुको आक्रमण (Heart Attack)
कार्यक्रममा सेवालिन आउनुभएका सेवाग्राहीहरूका साथै इच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन राजदूतावासले हार्दिक अनुरोध गरेको छ।
📍 स्थान: नेपाली राजदूतावास, अबुधाबी
🗓️ मिति: नोभेम्बर ३, २०२५ (सोमबार)
🕙 समय: बिहान १०:०० देखि १२:०० बजे सम्म











