काठमाडौं — नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
पाटन उच्च अदालतबाट बहुविवाहको मुद्दामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
शेर्पामाथि अदालतले १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।











