नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो ‘फेस अफ जनकपुर बोल्ट्स’ नियुक्त

everest kitchen

काठमाडौँ, कात्तिक २४ गते – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ।

जनकपुर बोल्ट्सले दोस्रो पटक निरन्तरता दिँदै पूजालाई आफ्नो टोलीको प्रतिनिधि अनुहारका रूपमा चयन गरेको हो। नियुक्ति कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सप्रति धन्यवाद व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना व्यक्त गरिन्।

कार्यक्रमका क्रममा जनकपुर बोल्ट्सले एनपीएलका लागि नयाँ जर्सी पनि सार्वजनिक गर्‍यो। जर्सीको अनावरण नेपाली महिला टोलीकी उपकप्तान पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल ल्युब आयल लिमिटेडका प्रबन्ध निर्देशक करण चौधरीले संयुक्त रूपमा गरे।

नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्सलाई यस सिजनका लागि प्रायोजन पनि गरेको छ। जनकपुर बोल्ट्सले एनपीएलको आगामी सिजनका लागि तयारी तीव्र बनाउँदै ल्याएको जनाएको छ, जसमा महिला क्रिकेट क्षेत्रको योगदान र प्रतिनिधित्वलाई पनि प्राथमिकता दिइने बताइएको छ।