कुवेत, कात्तिक २७ गते। साविक हेलौँछा गाबिस वडा नं ४, सोलाखाम (हाल भोजपुर नगरपालिका–२ सोलाखाम) का निवासी लालबहादुर तामाङ गत ८ नोभेम्बरमा टिफ्फर दुर्घटनामा परेका छन्।
उक्त दिन उनले आफैले चलाइरहेको टिफ्फरको ब्रेक फेल भएपछि अनियन्त्रित भएर टिफ्फर पल्टिएको थियो। दुर्घटनापछि उनी हाल कुवेतको सेख जावेर अल अहमद हस्पिटलमा उपचाररत छन्।
डाक्टरहरुले जानकारी दिएका छन् कि उनको स्वास्थ्य अवस्था गम्भीर छ।
-
बाँया तिरका दुई वटा करङ भाँचिएको
-
छातिमा रगत जमेको
-
बाँया खुट्टाको घुँडाको हड्डि फुटेको
-
शरीरका अन्य विभिन्न भागमा रगत जमेको
डाक्टरहरुले छातिमा जमेको रगत निकाल्न अपरेसनको सल्लाह दिएका छन्। स्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई अक्सिजन समेत दिइएको छ।
यसबारे एनआरएनए कुवेतका अध्यक्ष दिल कुमार पाख्रिन, आईसीसी सदस्य पुष्कर धामी र महासचिव विजय धामीले अस्पताल भ्रमण गरी डाक्टरसँग सल्लाह सुझाव लिएका छन्।
एनआरएनए कुवेतले लालबहादुर तामाङको छिटो स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण सहयोग जारी राख्ने जनाएको छ।











