बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार

everest kitchen

काठमाडौं । ब्रिटिश प्रसारक बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी ६, २०२१ को भाषणका केही अंशहरू सम्पादन गरेर भ्रामक रूपमा प्रस्तुत गरिएकोमा माफी मागेको छ । तर, ट्रम्पले मागेको क्षतिपूर्ति दिन भने बीबीसीले अस्वीकार गरेको छ ।

बीबीसीका अनुसार उक्त सम्पादनले यस्तो गलत धारणा दिएको थियो कि ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि गर्न आह्वान गरेको जस्तो देखिएको थियो । बीबीसीले उक्त कार्यक्रम २०२४ को वृत्तचित्र पुनःप्रसारण नगर्ने निर्णय पनि गरेको छ ।

ट्रम्पले भनेका छन, ‘बीबीसीले अक्टोबर २०२४ को वृत्तचित्र फिर्ता लिएर मसँगमाफी माग्नुकासाथै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्छ । होइनभने बबिीसीलाई मुद्धा हाल्नेछु ।’ यस प्रकरणपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभागकी प्रमुख डेबोरा टर्नेस ले राजीनामा दिएका छन् । माफीको पूर्वसन्ध्यामा २०२२ मा प्रसारित ‘न्युजनाइट’ कार्यक्रममा गरिएको अर्को भ्रामक सम्पादन पनि सार्वजनिक भएको थियो ।

सीएनएनका अनुसार बीबीसीका वकिलहरूले ट्रम्पको कानुनी समूहलाई प्रत्युत्तर पत्र लेखेका छन् । बीबीसी अध्यक्ष समिर शाह ले ट्रम्पलाई व्यक्तिगत पत्र लेख्दै, ‘जनवरी ६, २०२१ को भाषणमा गरिएको सम्पादनको लागि हामी माफी माग्छौं,’ उनले भनेका छन् । बीबीसीले उक्त वृत्तचित्र कुनै पनि प्लेटफर्ममा पुनःप्रसारण नहुने निर्णय गरेको छ र यो मानहानीपूर्ण होइन भन्ने अडान राखेको छ ।

वृत्तचित्रमा ट्रम्पको भाषणका दुई फरक भागलाई मिलाएर तीन उद्धरण जस्ता देखाउने गरिएको थियो । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले बीबीसीले आफ्नो भाषणलाई ‘बिगारेको’ आरोप लगाएका छन् । उनले आफ्नो भाषणलाई सुन्दर, शान्तिपूर्ण र उत्तम भएको दाबी गरेका छन् ।

सत्य सामाजिक सञ्जाल ट्रुथ सोसियल मा ट्रम्पले लेखेका छन्, ‘बीबीसीका शीर्ष अधिकारीहरूले मेरो परिपूर्ण भाषणलाई डक्टरिङ गर्दा फस्दा राजीनामा दिन बाध्य भएका छन् । यी भ्रष्ट पत्रकारहरूले राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न खोजेका थिए । यसले लोकतन्त्रका लागि ठूलो क्षति पुर्याएको छ ।’

ट्रम्पले ब्रिटेनलाई अमेरिकाको प्रमुख मित्रदेश भए पनि यस किसिमको क्रियाकलाप हुनु लोकतन्त्रका लागि घातक भएको टिप्पणी पनि गरेका छन् ।
एएनआई