काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् ।
बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् ।
उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी तरिकाबाट व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको छ । यो कार्ययोजनाको प्रमुख उद्देश्य सबै सरोकारवालाको समन्वय, सहकार्य र सहभागितामा सित लहर र हिमपातबाट हुन सक्ने सम्भावित क्षति र प्रभाव न्यूनिकरण गर्नु रहेको छ ।’
यस्तै, उनले कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा सबै एकै आवाजमा प्रतिबद्ध हुनु आवश्यक रहेको भन्दै मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व भएको बताए ।
उनले भने, ‘कार्ययोजनाहरु कार्यान्वयनको सन्दर्भमा आजको छलफल एकदमै महत्वपूर्ण छ । किनकि सुरक्षा जीविकोपार्जन, स्वास्थ्य सेवा लगायतका सूचकहरुमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन् । यस सन्दर्भमा हामी सबै एकै आवाजमा प्रतिबद्ध हुनुपर्छ कि मानव जीवन र सम्पत्तिको सुरक्षा हामी सबैको साझा उत्तरदायित्व हो ।’
साथै, जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु¥याउदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको भन्दै सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘सित लहर र हिमपातको पूर्व तयारी र प्रतिकार्य एक राष्ट्रिय चुनौती हो । कार्ययोजना कार्यान्वनयका लागि बजेट लगायतका स्रोत साधनको व्यवस्थापन, संस्थागत क्षमता विकास सरोकारवाला सबै निकायहरु बीच प्रभावकारी समन्वय सहकार्य र सञ्चार एंव जोखिममा रहेका समुदायमा पूर्व अनुमान तथा पूर्व सूचनाको पहुँच पु¥याउदै । प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय, राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको छ । सहकार्य र स्पष्ट रुपमा भूमिका निर्वाह नै दिर्घ संकट व्यवस्थापनको आधार हो ।’











