मलेसियामा चासोक तङ्नाम साँस्कृतिक उत्सव–२०२५ मनाइने

everest kitchen

मलेसिया । किरात याक्थुङ चुम्लुङ मलेसियाले आगामी चासोक तङ्नाम साँस्कृतिक साँभा–२०२५ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम १३ डिसेम्बर २०२५, शुक्रबारका दिन Wilayah Persekutuan Kuala Lumpur मा साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ।

लिम्बू समुदायको मौलिक पर्व चासोक तङ्नामलाई प्रवासमा पनि आकर्षक रूपमा मनाउन नेपालबाट माननीय निर्मला लिम्बू तथा गायिका सम्झना योङहाङ
विशेष रूपमा सहभागी हुनेछन्। यिनसँगै स्थानीय तथा नेपाली कलाकारहरूको सांगीतिक, सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षण बन्नेछन्।

पर्वमा लिम्बू समुदायको पहिचान, भाषा, संस्कृति, परम्परागत पोशाक र नृत्य–गीतको प्रस्तुति रहने आयोजकले जनाएको छ। मलेसियामा रहेका लिम्बू तथा अन्य नेपाली समुदायबीच भेटघाट, एकता र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

किरात याक्थुङ चुम्लुङ मलेसियाले सबै नेपाली तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक धरोहर संरक्षणमा साथ दिन आग्रह गरेको छ।