देशभरको मौसम आज मुख्यतया सफा रहने

everest kitchen

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।

दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।

विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।