बाँके । तराई क्षेत्रमा जाडो बढेसँगै बाँकेका स्थानीय बासिन्दाहरू आगो ताप्न र खाना पकाउनका लागि दाउराको जोहोमा जुटेका छन् । बाँकेको जानकी गाउँपालिका–६ बुढीयागाउँका स्थानीयहरू नजिकैको झिझरिया वनबाट दैनिक रूपमा साइकलमार्फत दाउरा ल्याउने गर्दछन् । चिसो मौसमका कारण वैकल्पिक इन्धनको पहुँच सीमित हुँदा उनीहरू दैनिकीका आवश्यकताका लागि वनमै निर्भर हुन बाध्य भएका छन् ।











