काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना गरेको छ । पौष ४ गते आयोजित ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको सहकार्यमा गरिएको हो ।
पुन एकीकरण परियोजनाको तर्फबाट बिद्यावारिधि सोधार्थी, रोजिका महर्जनले ‘फर्किएका आप्रवासी कामदारहरूको लान्छनाको पहिचान र सम्बोधनः नेपालको पुनः एकीकरण शासन व्यवस्थामा संलग्न सरोकारवालाहरूको अन्तरदृष्टि’ विषयमा प्रस्तुति दिएका थिए ।
यसको लागि अध्ययन काठमाडौं, धनकुटा र त्रियुगा नगरपालिका, साँगुरीगढीमा गरिएको थियो र मार्च देखि डिसेम्बर २०२३ को अवधिमा अन्तर्वार्ता गरिएको थियो । अध्ययनमा ५४ जना वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुसँग बिस्तृत अन्तर्वार्ता र सरकारको तिन तहका विभिन्न ४२ सरोकारवालाहरु अन्तर्वार्ता गरिएको थियो ।
अध्ययनले नेपालमा वैदेशिक रोजगारबाट फर्किएका आप्रवासी कामदारहरूसँग जोडिएका लान्छनापूर्ण भाष्यहरूको पहिचान र समाजमा उनीहरूको पुनःएकीकरण प्रक्रियामा ती लान्छनाहरूले कसरी अवरोध सिर्जना गर्छन् भन्नेबारेमा अध्ययन गरेको थियो ।
अध्ययनको विश्लेषण रीइन्टीग्रेट परियोजना अन्तर्गत सन् २०२३ मा गरिएका ४२ जना प्रमुख सरोकारवालासँगका अन्तर्वार्तामा आधारित छ । सरोकारवालाहरुमा तीन तहका सरकारी प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, गैरसरकारी तथा नागरिक समाज संस्थाहरू, साथै वैदेशिक रोजगारबाट फर्किएका आप्रवासी कामदारहरूले सञ्चालन गरेका समूह÷संजालहरू समेटिएका छन् ।
अध्ययनले पहिचान गरेका ३ प्रमुख लान्छनाका भाष्यहरूः
१. श्रमिक’ वा मजदुर – मध्य पूर्व र मलेसियालाई गन्तव्यको रूपमा जोडिएर भएको लान्छनाको भाष्यः
यस भाष्यले फर्केकाहरूलाई मुख्यतया शारीरिक श्रम गर्ने श्रमिक वा श्रमिकको रूपमा चित्रण गर्दछ, तिनीहरूलाई खाडी देशहरू र मलेसिया बाट काम गरेर फर्किएका आप्रवासीहरूको समूहको रूपमा पहिचान गर्ने गरेको छ, र तिनीहरूलाई विदेशमा हुँदा अर्काको नियन्त्रणमा रहेर निम्नस्तरको काम गर्ने आप्रवासीको रूपमा बुझिन्छ। कतिपएले राम्रो पद र तलबमा काम गरेर फर्केका हुँदा पनि उनीहरुले विदेशमा गरेको कामको अनुभवहरूलाई केवल नकारात्मक वा कम मूल्याङ्कन गर्ने गरेको पाइन्छ ।
यी देशहरुबाट फर्किएका आप्रवासी कामदारहरुलाई असक्षम, अदक्ष, वा समाजमा पछाडि परेको भन्ने गरिन्छ । जबसम्म यस्ता नकारात्मक धारणाहरू रहन्छन्, फर्किएकाहरुको लागि विदेशमा रहंदाको आफ्ना अनुभवहरू समुदायमा साझा गर्न लाजको बिषय बन्छ र फर्किएका आप्रवासीहरुले विमानस्थलबाट उनीहरुको वैदेशिक रोजगारीमा जान÷फर्किन लागेको पोस्ट सामाजिक सञ्जालमा नगर्ने र उनीहरूका परिवारमा ’गोप्य’ राख्न बाध्य हुन सक्छन ।
२.‘बिग्रेको आईमाई’ – ‘खत्तम’ र ‘अपवित्र’ – लैंगिकतासँग जोडिएको लान्छनाको भाष्य
यो लान्छनापूर्ण भाष्य विशेषगरी वैदेशिक रोजगारबाट नेपाल फर्किएका महिलाहरूसँग सम्बन्धित छ जसलाई नैतिक रूपमा बिग्रिएको भनेर हेरिन्छ । गन्तव्य देशमा हुँदा उनीहरु दुव्र्यवहार वा शोषणमा परेका, अनैतिक काम÷यौनजन्य काममा संलग्न भएका र ईज्जत गुमाएर फर्किएका हुन्छन् भन्ने धारणा छ । गन्तव्य देशमा हुँदा बिग्रिएर÷ईज्जत गुमाएर बसेका थिए भन्ने यस्ता धारणाका कारण नैतिक सिमाहरु÷मान्यताहरु मिचेको÷नाघेको भनेर श्रीमान, परिवार र समुदायले उनीहरुलाई लाज, शंका र अविश्वासको नजरले हेर्ने गर्छन् ।
लान्छनापूर्ण भाष्यहरुले नेपालमा महिला आप्रवासी कामदारहरुका लागि बनेका नीतिहरूमा मानव बेचबिखन र शोषण रोक्ने बहानामा पितृसत्तात्मक दृष्टिकोणलाई बढावा दिएको छ । महिला आप्रवासी कामदारहरुले अवैधानिक आप्रवासन र शारीरिक, मानसिक र आर्थिक चुनौतीहरूको कारणले गर्दा ’समस्याग्रस्त’ परिस्थितिमा फर्कियेतापनि, तर यौन शोषण भएको अनुमानको आधारमा परिवार र समुदायबाट प्रत्यक्ष सामाजिक बहिष्करणको सामना गर्नुपर्छ ।
३.पागल – मानसिक स्वास्थ्य समस्याहरू रहेको अनुमानसँग जोडिएको लान्छनाको भाष्य
लान्छनापूर्ण भाष्य ‘पागल’ जसको शाब्दिक अर्थ ‘पागल’ वा मानसिक अस्थिरता हो । यो भाष्य वैदेशिक रोजगारबाट फर्किएका मानसिक स्वास्थ्य समस्याहरू भोगेकासँग सम्बन्धित छ । यस भाष्यले दुव्र्यवहारपूर्ण आप्रवासन अनुभवका कारण धेरै आप्रवासीहरुले भोग्ने आघात, मनोवैज्ञानिक पीडा र दिशाहीनताप्रति असंवेदनशील प्रतिक्रियालाई झल्काउँछ । वैदेशिक रोजगारबाट फर्किएका मानसिक स्वास्थ्य समस्या भएका सबैलाई समाजले खतरनाक र असामान्य रूपमा हेर्ने गरेको छ । वैदेशिक रोजगारबाट फर्किएकाहरुले विदेशमा बिताएको समयले सिर्जना गरेको अन्तरको कारणले पनि एक्लोपन वा अलगिएको भाव देखाउन सक्छन्, यसलाई समुदायले असामान्य वा अस्थिर व्यवहारको रूपमा लिन सक्छ ।
यस्ता लान्छनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई मानसिक स्वास्थ्य सहायतामा पहुँच र सामाजिक स्वीकारोक्तिमा अबरोध गर्दछ ।
भाष्यहरुको सामना र केहि आशालादा समाधानका अभ्यासहरू
१. वैकल्पिक शब्दावलीको विकास
सरोकारवालाहरूले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक आप्रवासीहरूलाई ‘श्रमिक’ शब्दको प्रयोग गर्न अस्वीकार गरे र यसको सट्टा लान्छना नलाग्ने शब्दहरुको प्रयोग गरेर वर्णनात्मक संदर्भ मा ‘वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरु ’ वा ‘फर्किएका आप्रवासीहरु’ जस्ता शब्द प्रयोग गरे ।
२. फर्किएका आप्रवासी कामदारहरुको पहिचान गर्न गरिएको वर्गीकरणको पुनःपरिभाषा
विभिन्न सरोकारवालाहरूले ‘फर्किएका आप्रवासी कामदारहरु’ को परिभाषालाई थप समावेशी र फराकिलो बनाइरहेका छन्, विविध आप्रवासन अनुभवहरूलाई मान्यता दिइरहेका छन् र लान्छनालाई चुनौती दिईरहेका छन् । जस्तै; धनकुटा नगरपालिकामा आप्रवासन कागजात सम्बन्धि कडा मापदण्ड हटाएर फर्किएका लाभग्राहीहरू पहिचान गर्न अधिक लचिलो स्क्रिनिङ प्रक्रिया विकास गरेका थिए, जसले पुनःएकीकरण सहयोगलाई अझ खुला र समावेशी बनाएको छ। यो विशेषगरी वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूका लागि महत्वपूर्ण रहेको छ, किनकि उनीहरूले समुदाय वा सम्बन्धित निकायबाट बहिष्कार हुने डरले आफ्नो अवस्था लुकाउने गरिरहेका हुन्छन् ।
४.वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको संजालहरुको सहजीकरण
लान्छना घटाउने एक रणनीतिक पहलको रूपमा, पुनः एकीकरण सरोकारवालाहरूले वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको बीचमा सामूहिक पहिचान र अपनत्व भावना विकास होस् भनेर वैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको संजाल स्थापना गरेका छन् । जसले उनीहरूलाई परम्परागत पुनः एकीकरण कार्यक्रमभन्दा फरक साझा उद्देश्यसहित समूहको रूपमा संगठित गरेका छन् ।










