मलेसियाको जोहर राज्यमा श्रम नवीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

everest kitchen

जोहरबारु (मलेसिया) —
PNCC ILO Project को Outreach Program अन्तर्गत मिति २५ जनवरी २०२६, आइतबार, मलेसियाको जोहरबारुस्थित तमान डाया क्षेत्रमा श्रम नवीकरण तथा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवा–सुविधासम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम PNCC जोहरका Outreach Officer सुरेन्द्र महतोले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण राजु तामाङ तथा नेपाल तामाङ घेदुङ जोहरका अध्यक्ष मङ्गल तामाङले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न कम्पनीमा कार्यरत करिब २५ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो।

यस कार्यक्रमले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम नवीकरणको प्रक्रिया, यसको महत्व तथा वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवा–सुविधाबारे जानकारी र सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।