जोहोर, पिएनसिसि र आईएलओ द्वारा संयुक्तरुपमा संञ्चालित Miridew कार्यक्रम अन्तरगत फिजिकल कार्यक्रम पोर्ट केलाङ र जोहोरबारुमा सम्पन्न भयो । 25 अप्रिल, सनिवारका दिन सम्पन्न सचेतना कार्यक्रम “सामाजिक सुरक्षा कोष” विषयक रहेको थियो ।
पिएनसिसि मलेसिया संयोजक पूर्ण लिम्बूको संयोजनमा पोर्टकेलाङमा सम्पन्न कार्यक्रमको प्रस्तोता जीवन देवान रहनु भएको थियो । देवानले कार्यक्रमको विषय केन्द्रित “सामाजिक सुरक्षा कोष” को बारेमा सहभागीहरुलाई जानकारी एवं सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन बाग्लुङ सेवा समाजको अध्यक्ष कृष्ण खड्काको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरि राजु तामाङको संयोजनमा जोहोरबारुमा सम्पन्न कार्यक्रमको प्रस्तोता सुरेन्द्र महत्तो रहनु भएको थियो । महत्तोले पनि “सामाजिक सुरक्षा कोष” को बारेमा सहभागीहरुलाई जानकारी एवं सचेतना प्रदान गर्नु भएको थियो ।
सामाजिक सुरक्षा कोष योगदानमा आधारित भएको हुनाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई कोषको अवधारणा बारे जानकारी दिनुु, कोषको उदेश्य बारे सचेत गराउनु र हरेकलाई सक्रिय रुपमा कोषमा सहभागी गराउनु कार्यक्रमको लक्ष्य हो । तसर्थ, यस किसिमको कार्यक्रममा सहभागी भई जानकारी प्रप्त गर्न पिएनसिसि मलेसिया हार्दिक अनुरोध गर्दै संयोजक लिम्बुले भन्नू भयो, – श्रमिक लक्षित यस किसिमको सचेतना कार्यक्रमलाई मलेसिया ब्यपि बनाउन पिएनसिसिले डिजिटल कार्यक्रम पनि संञ्चालन गरिरहेको छ ।











