न्याय स्थापना र कानुनी शासनको संरक्षणका लागि वकिलहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ। अदालत परिसरमा फाइल र ब्याग बोकेर मुद्दाको बहस, कानुनी परामर्श तथा सेवाग्राहीको हकहित संरक्षणमा सक्रिय वकिलहरू न्यायको यात्राका मुख्य सहयात्रीका रूपमा चिनिन्छन्। संविधान र कानुनको कार्यान्वयनमार्फत नागरिकलाई न्याय दिलाउन वकिलहरू निरन्तर आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै आएका छन्।











