मलेसिया । नेपाली दूतावास, मलेसियाले पेनाङ राज्यमा सञ्चालन गरेको दुईदिने घुम्ती कन्सुलर सेवाको पहिलो दिन ११७ जना नेपाली नागरिकलाई विभिन्न कन्सुलर सेवा प्रदान गरेको छ।
दूतावासका अनुसार सेवा लिन नपाएका तथा छुटेका सेवाग्राहीहरूका लागि दोस्रो दिन पनि सेवा जारी रहनेछ। भोलि बिहान ९:०० बजेदेखि कन्सुलर सेवा सञ्चालन हुने जानकारी दिइएको छ।
दूतावासले आवश्यक कागजातसहित समयमै उपस्थित भई सेवा लिन सम्बन्धित सबै नेपाली समुदायलाई अनुरोध गरेको छ। पेनाङ तथा आसपासका क्षेत्रमा कार्यरत नेपालीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो घुम्ती सेवा कार्यक्रमबाट सेवाग्राहीहरू लाभान्वित भएका छन्।











