काठमाडौं, ९ असार । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको छ ।
हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई नेपालगञ्ज हुदैँ स्थलमार्गबाट आज पुल्चोक, ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। उनलाई माइक्रोबसमा राखेर बिभागमा ल्याइएको हो ।
अब विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको हिजो नै जनाइसकेको छ ।











