सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

everest kitchen

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् ।

केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।

खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सातौँ नम्बरमा मत ल्याएका मनिष झा, १० नम्बरमा मत ल्याएका विपिन आचार्य, १९ नम्बरमा मत ल्याएका प्रमोद न्यौपानेले महामन्त्री उम्मेदवारी घोषणा गरिसकेका हुन् ।