काठमाडौ, २० असार । दक्षिण अमेरिकन राष्ट्र कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा अफ्रिकन मुलुक घानालाई १–० गोलले हराउँदै कोलम्बिया प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो।
कोलम्बियाको जितमा १४ औं मिनेटमा जोन एरियासले गरेको गोल नै निर्णायक बन्न पुगेको हो । जीतसँगै अब कोलम्बियाले अब अन्तिम १६ मा स्विटजरल्यान्डसँग खेल्नेछ।











