काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर आज पनि विरोध जनाएका छन ।
सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर आज पनि विरोध जनाएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन ।
गत जेठ १७ प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्ति दिए पछि निरन्तर प्रतिपक्ष दलले उठेर बिरोध जनाइरहेका छन ।
प्रतिपक्ष दलका सांसद प्रमिला गच्छदारले प्रधानमन्त्री शाहकाे हलुका बाेलीका कारण सुस्ता र ठाेरीमा भारतीय पक्षले ज्यादती बढेकाे उनले जनाएकी छिन् ।











