काठमाडौं, २६ असार । नेपाली राष्ट्रिय टिमसँग तीन खेलको टी २० सिरिज खेल्न भारतको ए टिम नेपाल आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सो सिरिज आगामी डिसेम्बरमा हुने जानकारी दिएको छ । क्यानका अनुसार नेपाल र भारत ए बीच डिसेम्बर ९, ११ र १३ मा टियु क्रिकेट मैदानमा खेल हुने भएको छ ।
स्कटल्याण्डमा सम्पन्न आइसीसी कन्फेरेन्सका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव देभजित साइकियाबीच सिरिज बारे सहमति भएको क्यानले जानकारी दिएको छ ।
नेपालले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘इन्डिया ए’ (India A) विरुद्ध तीन खेलको टी-२० शृङ्खला आयोजना गर्नेछ।
स्कटल्याण्डमा आयोजित आईसीसी (ICC) सम्मेलनका क्रममा क्यान (CAN) अध्यक्ष चतुरबहादुर चन्द, क्यान सचिव पारस खड्का र बीसीसीआई (BCCI) सचिव देवजित साइकियाबीच भएको बैठकपछि यो शृङ्खला पक्का भएको हो।
🗓️ खेल तालिका • ९ डिसेम्बर – पहिलो टी-२० • ११ डिसेम्बर – दोस्रो टी-२० • १३ डिसेम्बर – तेस्रो टी-२०











