काठमाडौं, २८ असार । इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ लाई पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको हो ।
मायामी रंगशालामा नर्वेले सुरुआती अग्रता लिएको थियो । ३६औं मिनेटमा लेफ्ट विंगर एन्ड्रियास स्जेल्डरपको सानदार गोलमा इङ्ल्यान्ड पछाडि परेको थियो तर पहिलो हाफको इन्जुरी समयमा सेन्ट्रल अट्याकिङ मिडफिल्डर जुद बेलिङ्घमले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा नर्वेले कर्नरलाई सदुपयोग गर्दै पुनः अग्रता लिएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा प्रमुख रेफ्री क्लेमेन्ट टर्पिनले गोललाई मान्यता दिएनन् ।
थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमै बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गरे पछि दुवै पक्षवाट गोल हुन सकेन, अन्ततः इंग्ल्याण्डले २–१ जीत हासिल गर्दै नर्वेलाई पाखा लगायो ।
प्रतियोगितामा बेलिङ्घमको यो छैटौं गोल हो । उच्च गोलकर्ताको दौडमा उनी चौथो स्थानमा उक्लिएका छन् ।











