राष्ट्र बैंकले सार्वजनिक ग¥यो नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.८१ रुपैयाँ

everest kitchen

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १५४ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १५४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्रामध्ये युरोको बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा र बेलायती पाउण्ड स्टर्लिङको २०७ रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, स्विस फ्र्याङ्कको बिक्रीदर १९० रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलरको १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ८१ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ।

एसियाली मुद्रातर्फ चिनियाँ युआनको बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, यूएई दिरामको ४२ रुपैयाँ १५ पैसा, कतारी रियालको ४२ रुपैयाँ ४७ पैसा र साउदी रियालको ४१ रुपैयाँ २५ पैसा कायम गरिएको छ। यस्तै, जापानी येन (१०) को बिक्रीदर ९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक हुन सक्ने भएकाले कारोबारअघि सम्बन्धित बैंक वा राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा अद्यावधिक विनिमयदर हेर्न आग्रह गरिएको छ।