काठमाडौं । चाइनाको SAIC ग्रुप अन्तर्गत MAXUS सवारीसाधनको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय माेट्रक्स प्रा.लि.ले अर्को नयाँ शक्तिशाली तथा आकर्षक इलेक्ट्रिक फोर-हिवल ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रूपैयाँ तोकेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ । कम्पनीले यही Maxus eterron9 को प्रिमियम भर्सन एक वर्षअघि सार्वजनिक गरिसकेको छ। जसको हाल मूल्य १ करोड २८ लाख रहेको छ ।
शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यवहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको eTERRON 9 Comfort दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ।
अमेरिकन स्ट्यान्डर्ड साइजमा निर्मित यो पिकअपमा १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपाल आयात हुने सवारी साधनहरू मध्यमा सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो। जसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । यसले ११५ kW सम्मको DC फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
eTERRON 9 Comfort मा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन्। यसले कुल ७०० Nm टर्क उत्पादन गर्छ भने केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।
हिमालय मोट्रक्स प्रा.लि.का अनुसार, “MAXUS eTERRON9 Comfort पिकअपमा २६० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लामो दूरी तय गर्न सक्ने अधिकतम रेन्ज, शक्तिशाली फोर-हिवल ड्राइभ क्षमता सहित उच्च हिमाली तथा पहाडी सडक, हिलो सडक तथा ढुङ्गे सडकमा चलाउन मिल्ने विभिन्न मोडहरू समेत यस गाडीमा जडान गरिएका छन् साथै उच्च सुरक्षा र आरामदायीता जस्ता विशेषतालाई एउटै गाडीमा समेटिएको छ ।
MAXUS TERRON 9 Comfort को १,०५० पेलोड क्षमता छ भने यसको समाज को जुन यस sigment कै सबैभन्दा बढी हो। यसको कार्गो बक्सको आकार १६ मिमि १०० मिमि १३ मिमि रहेको छ। गाडीमा विभिन्न प्रकारका सडक र भू-आगमा सहज रूपमा चलाउन सहयोग गर्ने All-Terrain System (ATS) जडान गरिएको छ भने गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ। डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी-लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले गर्दा नेपालको फरक-फरक सड़क अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ।
पाँचजना यात्रुका लागि तयार गरिएको eTERRON 9 Comfort को क्याबिन फराकिलो, आकर्षक र अत्याधुनिक रहेको छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन्। जसमा Apple CarPlay र Android Auto, अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, मल्टिफड्सन माइक्रोफाइबर लेदर स्टेयरिङ हिवल, पछाडिका यात्रुका लागि छुट्टै एसी आउटलेट, USB र Type-C चार्जिङ पोर्ट, चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा, अटोमेटिक हेडलाइट र वाइपर, बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने Vehicle-to-Load सुविधा, वन टच पावर विन्डो जस्ता सुविधाहरू पनि यस पिकअपमा उपलब्ध गराइएको छ ।
फाइभ-स्टार सुरक्षा रेटिङ:
MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन रेटिङ, नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन् । जसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यो पिकअप कार जतिकै आरामदायी तथा सुविधाजनक मात्रै नभई नेपालको सबै प्रकारको सडकहरूमा बहु उपयोग गर्न मिल्ने गरि बनाइएको छ।
Maxus जस्तो विश्वप्रसिद्ध कम्पनीको विद्युतीय पिकअपलाई नेपालमा अत्यन्तै आकर्षक मूल्यमा उपलब्ध गराउन पाउँदा आफूलाई खुसी लागेको कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले बताए । उनले आगामी नाइमा अटो एक्स्पोमा यही माक्सस कम्पनीकै लक्जरी माइक्रोबस समेत सार्वजनिक गर्न लागिएको जानकारी दिए । उनका अनुसार कम्पनीले सवारी साधन बिक्री गर्ने मात्र होइन बिक्रीपछिको सेवा पनि विस्तार गर्दै आएको छ। उनका अनुसार यस Maxus सवारी साधनको हाल काठमाडौं र पोखराबाट शोरुम तथा बिक्री वितरण हुँदै आएको छ भने नेपाल अधिराज्यभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरू उपलब्ध छन् ।
हिमालय अर्गनाइजेसन, विगत १० वर्षदेखि फोर्स मोटर्सको नेपालको आधिकारिक आयातकर्ता तथा वितरक रहँदै आएको छ भने यस कम्पनीले केही दिनपछि नै चीनमा निर्मित विश्व विख्यात Dongfeng कम्पनीका विभिन्न सिरिजका बसहरु समेत नेपालमा सार्वजनिक गर्न लागेको जनाएको छ।










