सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्न माग गर्दै द्वन्द्वपीडित सडकमा (तस्विरहरू)

everest kitchen

आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेको छ। धर्नामा सहभागी पीडितहरूले पीडितको सहभागिताबिनाको कुनै पनि न्यायिक निर्णय आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन्। उनीहरूले द्वन्द्वपीडित समुदायसँग पर्याप्त संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले विश्वसनीय, निष्पक्ष र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।