सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको हालै सम्पन्न निर्वाचनमा सन्तोष कुँवर अध्यक्ष पदमा विजयी भएका छन्। कुँवरले कडा प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै आगामी कार्यकालका लागि संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।
निर्वाचनपछि अध्यक्ष कुँवरले सबै मतदाताहरू, समर्थकहरू, शुभेच्छुकहरू र सम्पूर्ण एनआरएनए अष्ट्रेलिया परिवारप्रति आभार व्यक्त गर्दै भने,“यो विजय मेरो मात्र होइन, सम्पूर्ण नेपाली समुदायको हो। हामी...
सिड्नी, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आज सम्पन्न निर्वाचनमा अशोक ढुंगेल राष्ट्रिय युवा सदस्य (National Youth Member) पदमा विजयी भएका छन्।
ढुंगेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सम्पूर्ण एनआरएनए अष्ट्रेलिया परिवार, मतदाताहरू, शुभचिन्तकहरू र अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रति गहिरो आभार व्यक्त गरेका छन्।
उनले भनेका छन्, “मलाई अमूल्य मतद्वारा साथ र समर्थन गर्नु हुने सबैप्रति म हृदयदेखि...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को सचिव पदमा राशी सिंह ठकुरी विजयी
Himal Times -
मेलबर्न, अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद् (VIC SCC) २०२५–२०२७ का लागि सम्पन्न निर्वाचनमा सचिव पदमा राशी सिंह ठकुरी विजयी भएकी छन्।
उनको विजयलाई समावेशी नेतृत्व, पारदर्शिता र युवाको सशक्तिकरणको प्रतिकका रूपमा हेरिएको छ। ठकुरीले मतदानमार्फत समुदायको विश्वास जित्दै नयाँ कार्यकालका लागि जिम्मेवारी सम्हाल्न लागेकी हुन्।
विजयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै ठकुरीले भनिन्, "यो जित...
प्रवास
मलेसियाबाट धनसिंह शेर्माको उद्धार : दूतावास र समुदायको सहकार्यमा पुनर्मिलन सम्भव
Himal Times -
क्वालालम्पुर, साउन ९ –काजाङमा सवारी दुर्घटनामा परी अस्पताल भर्ना गरिएका नेपाली नागरिक श्री धनसिंह शेर्मा आज मिति २०८२ साल साउन ९ गते नेपाल फर्किन सफल भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका भाई मनबहादुर शेर्मासँग भावनात्मक पुनर्मिलन भएको छ।
शेर्मा मिति २०८२ असार १६ गते मलेसियाको काजाङ क्षेत्रमा दुर्घटनामा परेका थिए। त्यसपश्चात उनलाई काजाङ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले १८...
प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवाल
काठमाडौं, ९ साउन । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्। खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ।
यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई “सुखा क्षेत्र” घोषणा गरिएको छ। यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ।
पूर्व...
काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार जनताका जल्दाबल्दा समस्याप्रति उदासीन बन्दै गएको र सत्ताको सुविधाका लागि संवैधानिक मर्ममाथि प्रहार गर्न खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन ।
मधेशका किसानहरूको आँसु र लोकतान्त्रिक मूल्यको रक्षाका लागि एकैसाथ आवाज उठाउँदै उहाँले सरकारलाई जनउत्तरदायी बन्न र संवैधानिक सीमाभित्र रहन खबरदारी गरेका हुन...
सञ्जय मिश्रा
रौतहत, ९ साउन । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४...
काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ।
सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।
भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने...
ढाका, ९ साउन । ढाकाको एक अदालतले बंगलादेशका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकलाई पक्राउ गरी जेल पठाएको छ ।
जात्राबारी प्रहरी चौकी नजिकै विद्रोहका क्रममा भएको हत्याको मुद्दामा खैरुल हक पक्राउ परेका छन्। यो निर्णय हकलाई उनको निवासमा हिरासतमा राखिएको केही घण्टापछि आएको हो। बंगलादेशको इतिहासमा न्यायाधीशलाई पक्राउ गरी जेल पठाइएको यो पहिलो पटक हो ।
टिभी फुटेजमा प्रहरीले हकलाई ह्याकडी...

















