बाँके । तराई क्षेत्रमा जाडो बढेसँगै बाँकेका स्थानीय बासिन्दाहरू आगो ताप्न र खाना पकाउनका लागि दाउराको जोहोमा जुटेका छन् । बाँकेको जानकी गाउँपालिका–६ बुढीयागाउँका स्थानीयहरू नजिकैको झिझरिया वनबाट दैनिक रूपमा साइकलमार्फत दाउरा ल्याउने गर्दछन् । चिसो मौसमका कारण वैकल्पिक इन्धनको पहुँच सीमित हुँदा उनीहरू दैनिकीका आवश्यकताका लागि वनमै निर्भर हुन बाध्य भएका छन् ।
सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।
सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो प्रतिकिलो...
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति तथा आगामी योजना र प्राथमिकताबारे सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइसँग घुम्ती शिविर पनि आयोजना गरेको छ ।
मन्थली नगरपालिका वडा नं. २ को वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले चालु आर्थिक वर्षमा सञ्चालित योजना, बजेट खर्चको अवस्था...
राजनीति
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की
Himal Times -
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्।
शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको बताइन् ।
उनले भनिन्, ‘भदौ २३ र २४...
राजनीति
जेनजी पुस्ताले उठाएको मुद्दा रास्वपाले पहिल्यै उठाएको हो : कविन्द्र वुर्लाकोटी
Himal Times -
काठमाडौं । नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ । पूराना भनिएका दलहरु आन्तरिक निर्वाचनको तयारीमा छन् । तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी योजना र समसामयिक राजनीतिका बारेमा नेपाल न्यूज बैंकले रास्वपा महासचिव कविद्र वुर्लाकोटीसँग कुराकानी गरेको छ ।
जेनजी आन्दोलनपछिको नेपाली राजनीति...
काठमाडौं । आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन् ।
‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपा माग गर्दै आएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको...
विराटनगर । नोपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताएका छन् । मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको शुक्रवार उद्घाटन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख समेत गरेका छन् । सुन्दरहरैंचा ५ उनको क्षेत्र समेत हो...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई हस्तान्तरण गरेका हुन् ।
गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृत्तमा पनि क्षति पुगेको थियो । कार्यक्रममा अध्यक्ष डा.केसीले आन्दोलनका क्रममा भएको क्षतिलाई...

















