Home Blog Page 125
क्यानडा, जुलाई २०२५ — गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी २०२५–२०२७ कार्यकालका लागि यूथ कोर्डिनेटर पदमा बिबेक धिमालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बिबेकले नेपाली युवाहरूको आवाज, अवसर र नेतृत्वलाई सुदृढ पार्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। बिबेक धिमालले आफ्नो घोषणामा नेपाली युवाहरूलाई क्यानाडाभरि एकजुट गर्ने आफ्नो प्रमुख लक्ष्यलाई उजागर गरेका छन्। उनले ‘Youth Career Connect Canada’...
टोरन्टो, क्यानाडा – “नारामा होइन, व्यवहारमै समाजसेवा!” भन्ने नारा बोकेर वर्तमान कार्यसमिति (२०२३–२०२५) का प्रवक्ता सुशिल भुसालले आगामी NRNA क्यानाडा (२०२५–२०२७) कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीहरूको साझा संस्था NRNA लाई थप सशक्त, समावेशी र समन्वयपूर्ण बनाउँदै स्वार्थरहित सेवा भावनाको आधारमा नेतृत्व गर्न आफू प्रतिबद्ध रहेको भुसालले बताएका छन्। उम्मेदवारी घोषणासँगै उनले भने: “दिनानुदिन बढ्दो नेपाली डायस्पोरालाई...
लन्डन, ओन्टारियो, क्यानाडा – गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आसन्न २०२५–२०२७ कार्यकालका लागि लन्डन ओन्टारियो निवासी अनिल कुमार घलेले NCC सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। घलेले आफ्नो उम्मेदवारीमार्फत आप्रवासी नेपालीहरूको हित, NRNA को सुदृढिकरण र संस्थागत सशक्तिकरणमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्। “NRNA सबै नेपालीको साझा संस्था हो, यसलाई निष्पक्ष, पारदर्शी र निस्वार्थ नेतृत्व चाहिन्छ,” उम्मेदवारी घोषणासँगै...
न्यू ब्रन्सविक, क्यानाडा – “नेतृत्व एकचोटिको लागि मात्र हो — प्रभाव पुस्तौंसम्मको लागि।” यही विश्वासका साथ रेवती रिजालले गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको न्यू ब्रन्सविक बोर्ड सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। रेवती रिजालले आफ्नो उम्मेदवारी घोषणामा उल्लेख गरेका छन् कि उनले विगतमा नेपाली आप्रवासी समुदायका लागि रोजगारी, आवास, र शैक्षिक मार्गदर्शन जस्ता क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएका छन्। विगतका योगदान: ...
टोरन्टो – गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाका पूर्व महासचिव पिताम्बर भट्टराईले आगामी २०२५–२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। समाजसेवा र संस्थागत नेतृत्वको लामो अनुभव बोकेका भट्टराईले आफ्नो उम्मेदवारीको उद्देश्य पूर्व अनुभवको आधारमा अझ प्रभावकारी र सुदृढ संस्थागत योगदान गर्नु रहेको बताएका छन्। उनका अनुसार, NRNA क्यानाडामा विगतमा महासचिवको रूपमा काम गर्दा प्राप्त ज्ञान, अनुभव...
क्याल्गेरी – क्यानडामा सक्रिय समाजसेवी शर्मिला रानाभाटले आगामी २०२५–२०२७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको महासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन्। विगत केही वर्षदेखि विभिन्न सामाजिक संघ–संस्थाहरूमा आबद्ध हुँदै, स्वयंसेवकका रूपमा तथा स्वतन्त्र सामाजिक अभियन्ता भएर समुदायमा समर्पित रहँदै आएकी शर्मिला रानाभाटले क्याल्गेरी लगायत क्यानडाभरका नेपाली समुदायबाट लगातार सद्भाव र सहयोग प्राप्त हुँदै आएको बताउँदै त्यसले आफूलाई सामाजिक परिवर्तनको...
क्यानडा – आगामी कार्यकाल २०२५–२०२७ का लागि गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा को ICC सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै, रमेश रिजालले आफूलाई प्रवासी नेपाली समुदायको हकहित, पहिचान र सशक्तिकरणको पक्षमा प्रतिबद्ध उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। उनले प्रवासमा छरिएर रहेका नेपालीहरूलाई एकत्रित गर्दै NRNA लाई सबै नेपालीको साझा संस्था बनाउने, युवाहरूको नेतृत्व विकास, महिलाको सशक्त सहभागिता र पारदर्शिता आधारित संस्था...
क्यानडा — आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै रयान तिवारीले आफूलाई "पारदर्शिता, जवाफदेहिता र समुदाय–केन्द्रित नेतृत्व"का पक्षधर उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। रयान तिवारीले वित्तीय पृष्ठभूमि, समुदायसेवा, तथा समर्पित र निष्ठावान कार्यशैलीलाई आधार बनाएर क्यानडामा रहेका नेपाली समुदायको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने अठोट व्यक्त गरेका छन्। मुख्य बुँदाहरू: ✅ वित्तीय तथा सामाजिक सेवामा...
टोरन्टो – आगामी जुलाई २०, २०२५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडा निर्वाचनका लागि बिमल चुडालले सह–कोषाध्यक्ष (Deputy Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जवाफदेहिता, उत्तरदायित्व र पारदर्शितालाई आफ्नो कार्यदिशाको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने:“समाजसेवा मेरो दायित्व मात्र होइन, समर्पण हो। म सधैं निष्पक्ष, पारदर्शी र उत्तरदायी भएर काम गर्ने वाचा गर्दछु।” बिमल चुडालले सम्पूर्ण...
टोरन्टो | गैरआवासीय नेपाली संघ (NRNA) क्यानाडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि कोषाध्यक्ष पदमा विदुर के.सी.ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाली समुदायमा एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका के.सी.ले क्यानाडामा रहेका नेपालीहरूको संगठित, पारदर्शी र दिगो भविष्य निर्माणमा वित्तीय नेतृत्व दिने अठोट व्यक्त गरेका छन्। अनुभव र योगदान: नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) को अध्यक्षको रूपमा सामुदायिक कार्यक्रमको सफल...
- Advertisement -

POPULAR POSTS