डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला उपाध्यक्ष (Vice President – Women) पदमा प्रजया न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली महिलाहरूको हक, सशक्तिकरण र प्रतिनिधित्वका पक्षमा सक्रिय रुपमा लागिरहेकी न्यौपाने यसपटकको कार्यसमितिमा महिला नेतृत्वलाई मजबुत बनाउन अठोटका साथ अघि आएकी हुन्।
उनले आफ्नो उम्मेदवारीमार्फत आयरल्यान्डमा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज बुलन्द...
प्रवास
युवा डाक्टर प्रज्ज्वल खनालद्वारा एनआरएनए आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
स्वास्थ्य सेवा र समाजप्रतिको प्रतिबद्धता बोकेका युवा चिकित्सक प्रज्ज्वल खनालले गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड कार्यसमितिको कार्यकारी सदस्य (Executive Member) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
आयरल्यान्डमा कार्यरत खनाल स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सशक्त नेपाली समुदाय निर्माणमा लामो समयदेखि संलग्न छन्। उम्मेदवारी घोषणासँगै उनले स्वास्थ्य क्षेत्रमा केन्द्रित योजनाहरू सार्वजनिक गर्दै समुदायको साथ...
प्रवास
सावित्रा (अनु) घिमिरेद्वारा एनआरएनए आयरल्यान्डको महिला संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा
Himal Times -
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आगामी कार्यकाल २०२५–२०२७ का लागि महिला संयोजक पदमा सावित्रा (अनु) घिमिरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्। कुनै पनि समूह वा प्यानलमा आबद्ध नरही, उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएको जनाउँदै महिला सशक्तिकरण र अवसर सिर्जनामा योगदान पुर्याउने स्पष्ट लक्ष्य प्रस्तुत गरेकी छिन्।
घिमिरेले भनिन्, “म कुनै प्यानल या समूहमा आबद्ध छैन।...
प्रवास
एनआरएनए आयरल्यान्डको अध्यक्ष पदमा ओम अधिकारीको उम्मेदवारी घोषणा, समाज परिवर्तनको स्पष्ट कार्ययोजना सार्वजनिक
Himal Times -
डब्लिन, आयरल्यान्ड – जुलाई १३, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा ओम अधिकारीले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक, शैक्षिक तथा समुदायमुखी गतिविधिमा सक्रिय अधिकारीले पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्वमार्फत संघलाई सशक्त बनाउने अठोट व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै अधिकारीले भने, “यो उम्मेदवारी कुनै पदप्राप्तिको आकांक्षा...
अस्ट्रेलिया
भुवन तिमिल्सिना एनआरएनए अष्ट्रेलिया (ACT) राज्यको सदस्य पदका लागि उम्मेदवार
Himal Times -
क्यानबेरा, अष्ट्रेलिया – जुलाई १३, २०२५गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) अन्तर्गत ACT राज्यको सदस्य पदका लागि भुवन तिमिल्सिनाले आगामी कार्यकाल २०२५–२०२७ का लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारीको घोषणा गर्दै तिमिल्सिनाले आफ्नो उमेदवारी कुनै पदको लालसा नभई समाजप्रतिको समर्पण र नेतृत्वप्रतिको प्रतिबद्धता भएको स्पष्ट पारे। उनले भने, “यो यात्राको प्रारम्भ नेतृत्वमा पारदर्शिता, जवाफदेहिता र समावेशी...
डब्लिन, आयरल्याण्ड – १३ जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका सक्रिय समाजसेवी तथा पूर्व कार्यकारिणी सदस्य प्रकाश सापकोटाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई वर्षको सफल कार्यकालपछि उनले पुनः समुदायको सेवामा निरन्तरता दिने प्रतिबद्धताका साथ यो कदम चालेका हुन्।
“गएको दुई वर्षको यात्रामा मैले धेरै कुरा सिकें, अनुभव बटुलें र नेपाली समुदायसँग...
प्रवास
आयरल्याण्डस्थित सामाजिक अगुवा विजय कुमार बुढाथोकी एनआरएनए एनसीसी आयरल्याण्डको सचिव पदका लागि उम्मेदवार
Himal Times -
लिमरिक, आयरल्यान्ड – १३ जुलाई २०२५
आयरल्याण्डमा बसेर लामो समयदेखि नेपाली समुदायको सेवामा समर्पित विजय कुमार बुढाथोकीले गैर आवासीय नेपाली संघ आयरल्यान्ड राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Ireland) को आगामी कार्यसमिति (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी दिएका छन्।
सन् २०१२ मा अध्ययनको सिलसिलामा आयरल्यान्ड आएका बुढाथोकीले यस देशमा १३ वर्ष बिताइसकेका छन्। यस अवधिमा उनले Nepalese Community Limerick तथा NRNA...
झापा, २९ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् ।
नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र...
राजनीति
केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छः महासचिव पोखरेल
Himal Times -
काठमाडौं, ३० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० बर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।
पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरेका छन् ।
महासचिव पोखरेलले...
प्रवास
सन्तोष शर्मा महासचिव पदमा उम्मेदवार, “संस्कृति र भाषा जगेर्नासँगै सशक्त सचिवालय निर्माण उद्देश्य”
Himal Times -
काठमाडौंँ । — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सन्तोष शर्माले महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि क्रियाशील रहँदै आएका शर्मा भन्छन्: "यो उम्मेदवारी केवल पदको लागि होइन, बरु नेपाली पहिचान, भाषा र संस्कृतिलाई प्रवासमा अझ सशक्त रूपमा जगेर्ना...

















