Home Blog Page 135
नेपाली समुदायको मेहनती र एकजुट आवाज सिड्नी | जुलाई १२ —अमित ज्ञावली, होर्न्सबि र आसपासको नेपाली समुदायको कडा मेहेनत र लगनशीलता प्रतिनिधित्व गर्दै गर्व गर्छन्। सिड्नीमा स्थापित एक विश्वसनीय क्लिनिङ कम्पनीका संस्थापक अमितले व्यवसायमा अनुशासन, विश्वास र सेवा नै आफ्नो आधार मानेर आफ्नो यात्रा निर्माण गरेका छन्। व्यवसाय मात्र होइन, उनी The Hills Boys Football Club का अध्यक्ष पनि हुन्, जहाँ...
सामान्य महिलाबाट सामुदायिक नेतृसम्मको यात्रा सिड्नी | जुलाई ११ — गीता दाहाल २०१० मा केही सपना र सीमित साधन लिएर अष्ट्रेलिया आएकी थिइन्। नयाँ देश, अपरिचित परिवेश, आश्रय खोज्ने संघर्ष र स्थायी रोजगारीको सुरुवात—यात्रा निकै अनिश्चितताबाट शुरू भयो। तर उनले कहिल्यै हार मानिनन्।"धैर्यता, आत्मविश्वास र लगनशीलता नै जीवन अघि बढाउने मुख्य आधार हुन्," उनी भन्छिन्। आज उनी नारी सशक्तिकरणको पक्षमा दृढ...
SYF सदस्य उम्मेदवार – एनआरएनए एनएसडब्लु २०२५–२०२७ सिड्नी | जुलाई ११ — "तपाईं एक्लो हुनुहुन्न — म त्यही बाटो हिँडेर यहाँ आइपुगेको हुँ," भन्ने भावनाका साथ सबियु गौतमले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको State Youth Forum (SYF) सदस्यका लागि उम्मेदवारी दिएका छन्। हाल Dural Club मा हेड शेफ तथा Parramatta Leagues Club मा समेत आबद्ध सबियु Maven Entertainment मा इभेन्ट कोअर्डिनेटरको...
एनआरएनए एनएसडब्लु (NSW) २०२५–२०२७ | SYF सदस्य पदका उम्मेदवार Casula, NSW | जुलाई ११ — "शब्द होइन, कर्ममार्फत परिवर्तन ल्याउने" प्रतिबद्धताका साथ, व्यवसायी तथा सामाजिक अभियन्ता दिपेन्द्र खड्काले आगामी एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालका लागि State Youth Forum (SYF) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। सिंगापुरमा पाँच वर्ष श्रम गरेर २०१६ मा अष्ट्रेलिया आएका खड्काको यात्रा बार क्लिनरदेखि व्यवसायिक नेतृत्वसम्मको कथा...
राज्य नारी निकुञ्ज (SNN) डिपुटी महिला संयोजक, एनआरएनए न्यु साउथ वेल्स (२०२५–२०२७) ब्ल्याकटाउन, NSW | जुलाई ११ — "नारीको आवाजलाई आवाज दिन, नारीको सम्मान र स्वाभिमानका लागि सँगै अघि बढ्न", पूजा आचार्य अधिकारीले एनआरएनए अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि राज्य नारी निकुञ्ज (SNN) डिपुटी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। नम्र सुरुवातदेखि अडिग संकल्पसम्म एक दशकभन्दा अघि सपना र संघर्ष...
मेलबर्न, जुलाई ११ | आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि एनआरएनए भिक्टोरिया राज्यको डिपुटी कोअर्डिनेटर पदमा विकास सिलवालले उम्मेदवारी घोषणा गरेका छन्। सामुदायिक अगुवाहरू तथा सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै सिलवालले भनेका छन्, “हाल म एनआरएनए भिक्टोरियाको Steering Committee (SCC) को सदस्यको रूपमा जिम्मेवारी सम्हालिरहेको छु। यस अनुभवका आधारमा अब डिपुटी कोअर्डिनेटरको भूमिकाबाट अझ प्रभावकारी सेवा दिन...
क्यानबेरा, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) राज्य परिषद सदस्य (SCC Member) पदमा प्रीतम गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “सशक्त नेपाली डायस्पोराका लागि सँगै” भन्ने नाराका साथ गुरुङले नेपाली समुदायको सशक्तिकरण, सहभागिता र समृद्धिको पक्षमा आफूले समर्पित योगदान गर्न चाहेको बताएका छन्। २०१५ बाट सुरु भएको समुदायप्रतिको समर्पण उनको सामाजिक सेवाको यात्रा २०१५ मा...
अष्ट्रेलिया, जुलाई ११ | आगामी एनआरएनए अष्ट्रेलिया कार्यकाल २०२५–२०२७ का लागि राष्ट्रिय युवा संयोजक (National Youth Coordinator) पदमा पुकार घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए अष्ट्रेलियामा युवा फोरमका सचिव र क्वीन्सल्याण्ड राज्यका खेलकुद संयोजकको भूमिकाबाट संकलित अनुभवलाई अब राष्ट्रिय स्तरमा उपयोग गर्न चाहेको उनले बताएका छन्। उनले भने, “यस यात्रालाई अझ ऊर्जा, गहिरो सहभागिता र व्यापक प्रभावसहित अघि बढाउने मेरो...
ब्रिस्बेन, जुलाई ११ | एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५–२०२७ का लागि क्वीन्सल्याण्ड राज्य डिपुटी कोअर्डिनेटर पदमा सुरज पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत नेपाली समुदायलाई सम्बोधन गर्दै उनले प्रवासमा रहेर मातृभूमिको हित र समुदायको सशक्तिकरणमा आफ्नो योगदानलाई अझ फराकिलो बनाउने उद्देश्य राखेको जनाएका छन्। उनले भने, “साझा उद्देश्य र साझा अभियानलाई आत्मसात गर्दै म एनआरएनएको जिम्मेवारीमा सहभागी हुन...
ब्रिसबेन, अष्ट्रेलिया –NRNA Australia को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कुईन्सल्यान्ड राज्य समिति सचिव पदमा सरोज सिंह ठकुरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। NRNA मार्फत प्रवासी नेपाली समाजको सेवामा निरन्तर क्रियाशील ठकुरी हाल (२०२३–२०२५) कार्यकालमा कुईन्सल्यान्ड राज्य समिति अन्तर्गत युवा संयोजकको भूमिकामा जिम्मेवारी सम्हाल्दै आएका छन्। समाजसेवा र समर्पणको भावनाका साथ उनी फेरि एकपटक सचिव पदमा उम्मेदवार बनेका हुन्। उद्देश्य र...
- Advertisement -

POPULAR POSTS