उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए।
अहिले त्रियुगा नगरपालिकाको...
मनहरी । राक्सिराङ गाउँपालिका वडा नं ६ का अध्यक्ष सिंगलाल प्रजाको बुवाको भीरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष प्रजाका बुवा ७० बर्षीय हेम बहादुर प्रजा घर नजिकै शौचालय जाने क्रममा भीरबाट लडेेेर उनको निधन भएको हो ।
उनी लडेर झन्डै ४ सय मिटर तल पुगेको संबिधान सभा सदस्य गोविन्द राम चेपाङले जानकारी दिए । चेपाङ मृतकका भतिजा हुन...
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।
प्रतिनिधिसभा पुनःस्थापना...
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् ।
प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरेको हो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा...
मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन ।
उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उनले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरेका...
काठमाडौँ । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ ।
स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक...
काठमाडौँ । कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकलाई पूर्वमन्त्री तथा रुकुम (पशिम)का सांसद तथा माओबादी नेता जनार्दन शर्मा, भूपु राज्यमन्त्री तथा कांग्रेस नेता गोपालजीजङ शाह, भुपू...
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो ।
दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले...
एजेन्सी । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।
सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि...
काठमाडौं । सरकारका गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको बीच आज पहिलो चरणको वार्ता सुरु भएको छ ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थरुहटका तर्फबाट रुक्मणी चौधरीको...

















