काठमाडौं । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ ।
देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य...
काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार तोलामा १२२५...
बारा ।बारामा होली खेल्ने क्रममा झगडा हुँदा सोमबार साँझ एक वृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झगडा तथा कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवी रहेका छन् ।
प्रहरीका अनुसार उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । घटनामा अन्य ६ जना घाइते भएका छन्।
झगडा तथा कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका २३ वर्षीय ओमप्रकाश...
काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ ।
जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समावेश छन् । म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन् ।
सांस्कृतिक...
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउदै नेकपा खारेज गर्ने निर्णयविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।
स्याङ्जा। घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
यही चैत ५ गते राति ८ बजेको...
ललितपुर। ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।
नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट...
काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । सन्जोग राईले १८ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको यो राष्ट्रिय टिममा...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २६० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९४१ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ४२ हजार ८८५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज १ हजार ९७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख २७ हजार...
काठमाडौं। सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको छ । थारु आन्दोलनका मागहरु संवोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । केही दिनअघि गृहमन्त्री...

















