काठमाडौं। ]नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले यस्तो बताएका हुन्।
सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उनको भनाई छ।
माओवादी...
काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”
पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको...
झापा। झापामा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।
यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा...
महेन्द्रनगर । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ । श्रीमतीको उपचार गर्न आएका ४८ वर्षीय भानदेव भट्टको निधन भएको हो ।
दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट श्रीमतीको उपचार गराउन सेती प्रादेशिक अस्पताल आएको र उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए ।...
काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । एमालेमा एकाधिकार प्रयोग गरेर अगाडि बढ्ने ओलीको रणनीतिक योजनामा ओली पक्ष नेताहरूको साथ दिएका छन् । उनीहरूले ओलीको माग अनुसार ओलीको कुरामा सहमत जनाएका हुन ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक...
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्याउन खोजेको प्रष्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।
दाहाल–भट्टराई...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो ।
बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा निधन...
काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, अध्यक्षलाई पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको...
वीरगन्ज । बिरगंजमा "नेटवर्क किंग नेपाल" नामक ईन्स्टिच्युटको उद्घाटन भएको छ। महानागर प्रमुख बिजय कुमार सरावगिले रिबन काटेर नेटवर्क किंग नेपाल काम्पुटर ईन्स्टिच्युटको उदघाट्न गरेका हुन ।
नेटवर्क किंग नेपाल आईटी र डिजिटल शिक्षामा विशेषज्ञता सहित एक ग्लोबल शिक्षा ब्रान्डको रुपमा स्थापना गरिएको हो ।
नेटवर्क किंग नेपाल वीरगञ्ज पर्सामा एक उत्तम समावेशी कम्प्युटर प्रशिक्षण संस्थानको रूपमा स्थापित हुने बिसवास गरिएको...
बाल लघुकथा - पुतलीको बिहे
कोषवल्लभ रेग्मी
आज पुतली सधैं भन्दा चाँडै उठी।ऊ सरासर भान्सामा गई र आमालाई भनी-"आमा मेरो बेउली खोइ?" "ऐले किन चाहियो ? ऊ त्यहाँ राखिदिएकी छु लैजा।"-आमाले खोपीमा राखेको पुतली देखाइदिनु भयो।
"आज के आमा यसको बिहे गर्ने!"-ऊ कपडाको टालोबाट बनेको बेउली बोकेर उफ्रदै बाहिर दौडिई।उसले के सोची कुन्नि दगुर्दै पल्लो,माथ्लो ,तल्लो घरहरु चहारी र आफू समकालीन दौंतरी...

















