Home Blog Page 1373
एजेन्सी। कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष...
काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताएका हुन्। प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले ने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’...
एजेन्सी। तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका हुन्। मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको...
माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले चालेको कदम सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् । संसदमा बोल्दै उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र ‘संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टो बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ ?’...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी सोधेका हुन् ।‘असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको...
काठमाडाँै। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।
काठमाडौं । सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको...
  काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वास प्रस्ताव सँगसँगै ल्याउने तयारी भएको छ। ‘कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने संस्थागत निर्णय गरेमा तुरुन्तै हस्ताक्षर प्रक्रिया सुरु हुनेछ। बहुमत हस्ताक्षर बनाएर राखेपछि...
काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताएका छन् । उनले भनेका छन् "खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो"। कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ (नदिको बीचमा रहेको विशाल ढुङ्गा ) हो जसलाई किराँत संस्कृति र परम्परागत इतिहाससंग जोडिएको मानिदै आएको...
काठमाडौँ। अन्नपूर्ण पोस्ट प्रीन्ट मिडियामा काम गर्ने श्रमजीवी पत्रकारहरुले त्यस मिडिया हाउस संचालकहरुको चर्को र नाटकिय दवावका कारण पत्रकारिताको काम तथा रोजगार छोड्न वा जवर्जस्त राजीनामा दिन वाध्य भएको भन्दै नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाजले एक बिज्ञप्ति जारि गर्दै पत्रकारिता कर्म र रोजगार गुमाउन बाध्य पारिएका श्रमजीवी पत्रकारहरुलाइ पत्रकार हरुको इच्छा र माग अनुसारको...
- Advertisement -

POPULAR POSTS