जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार खाती गम्भीर...
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झँै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो ।
“हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ”, अस्पतालका निर्देशक डा रवि शाक्यले भने , “एक दिनमा लगभग ४५ मिर्गौलापीडितको...
स्वप्निल स्मृति
यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार
मानौं,मेरो देशको नक्साभित्र पर्दैन त्यो।
सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो।
आगलागी भइरहेछ मानिसका मन-मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौँ, बालुवाटार विश्वको मानचित्रमै पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाचगान
मादक डढेलो उठिरहेछ मनोरञ्जनको
जुद्ध बारुण यन्त्र लगातार...
काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् ।
केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समूहले छलफल गरेको थियो । तर छलफल सकरात्मक नभएपछि यो समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको थियो...
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ ।
समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु (नेपाल),
वरिष्ठ उपाध्यक्ष उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान 'निलम'(नेपाल), मन्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड ) रहेकी छिन ।
महासचिवमा शुभद्रा थापा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को माधवकुमार नेपाल र झलनाथ खनाल समुहले चैत ४ र ५ गते आह्वान गरेको राष्ट्रिय भेलामा सहभागी नहुन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली समुहले निर्देशन दिएको छ । नेता ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन ।
एमालेको नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजन...
काठमाडौं । गतवर्षको फागुनमा धारिलो हतियार प्रयोग गरि मारिएकी सल्यानकी कविता बोहराको ज्यान लिने दोषी पत्ता लगाउने प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् । निरीक्षक ओली नेतृत्वको प्रहरीको अनुसन्धान टोलीले एक वर्षपछि घटनाका मुख्य दोषीलाई पक्राउ गरेको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिका-१ तल्लो काभ्रा निवासी १६ वर्षीया कविताको सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले ज्यान लिएको निरीक्षक ओली नेतृत्वको...
वीरगन्ज । जनता समाजबादी पार्टीका नेता शिव पटेलले बहुदरमाई नगरपालिकाका क्रिकेट खेलाडीहरु लाई पोसाक एवम् खेल सामग्री वितरण गरेका छन् । पटेलले मंगलबार एक कार्यक्रमका बीच सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।
खेल सामाग्री बितरण गर्ने क्रममा खेलाडीहरु लाई सम्बोधन गर्दै नेता पटेल ले बहुदरामाई नगरपालिका क्षेत्र भित्र रहेका खेलाडी हरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउदै...
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।
‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठक ७ मिनेट बसेर स्थगित भएको छ । बैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६...

















