Home Blog Page 1379
काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ। नेपालमा गएको २४ घण्टमा ७७ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख ७१ हजार ३२६ जना पुगेका छन । यस्तै नेपालमा हालसम्म सक्रिय...
लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज अपराह्न बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको गम्भीरावस्था छ । कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हँुदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन...
काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका...
  काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बस्न लागेको यो बैठकले एमालेमा लागेका नेताहरुलाइृ कारबाहीको प्रक्रिया अघि बढाएको छ । स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार कारवाहीको तयारी सुरु गरिएको छ । हिजो बसेको बैठकमा एमालेमा लागेका नेताहरु रामबहादुर थापा बादल लगायतका नेताहरुलाई २४ घन्टाभित्र फर्कनका...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए । यसअघि पनि उनले प्रधानमन्त्री फुटबल खेलाडी पेले जस्तै भएको बताएका थिए । सर्वोच्च अदालतले संसद्...
  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक...
काठमाडौं । नेकपा "एमाले" का अध्यक्ष केपी शर्मा ओलीले नेकपा "माओवादी केन्द्र"का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो । यसैगरी नारायणकाजी...
बारा । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताएकी छन । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आसन बाट उदघाटन गर्दै पत्रकार सबै जातजातिको भएकोले पिछिडिएको समाजको सहि दिशा निर्देशमा पत्रकार जगतको भुमिका ठूलो रहेको बताईन । कानु पत्रकार संघ बाराको गठन भएपछि कानु समाजको उत्थानमा पत्रकार जगतले सहयोग गर्ने आग्रह...
समीर मल्ल बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको "श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय" ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका बिद्यार्थीहरुका लागि २० लाख लगानीमा बिद्यालयको ४ कोठे भबन निर्माण गर्न लागेका हुन । विद्यालय जस्तो स्थानमा पनि बिद्यालय ब्यबस्थापन समिती निर्माणका क्रममा हुने राजनीतिक खिचातानीले...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २०६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४७० जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख २२ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १ हजार ८३० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३...
- Advertisement -

POPULAR POSTS