विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन्
आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्। विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड-माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए।
ललितपुर। ३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ परेका छन्। शनिबार प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र...
एजेन्सी। पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् ।
सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तिब्र बनाएको जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी...
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी...
काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए...
Flash News
गृहमन्त्री बन्न लागेको भनेर मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरियो : गौतम
BIPEN Ulange -
काठमाडौं । गृहमन्त्री बन्न लागेको भन्दै चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरेको भन्दै नेता बामदेव गौतमले असहमति जनाएका छन् । उनलेे फेसबुकमा एक विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन ।
नेकपा विभाजनसंगै नेकपा एकता राष्ट्रीय अभियानको संयोजक समेत रहेका गौतमले विज्ञप्तिमा लेखेका छन् , "मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान...
काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद रु पन्द्र हजार सहित सो पुरस्कार प्रदान गरेका छन् ।
फोटो पत्रकार वन्तलाई कोभिड–१९...
एजेन्सी । मलेसियामा पनि यही फेब्रुअरी २१ मा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने भएको छ । मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन ल्याउनको लागि तयारी पुरा गरेको बताएको छ ।
मलेसियामा पहिलोपटकमा ३ लाख १२हजार ३९० डोज भ्याक्सिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने बताएको छ। यसको लागि मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बहुराष्ट्रिय कार्गो कम्पनी एमएबी "मास कार्गोले बिशेष विमानको प्रयोग, भण्डारण र...
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । अध्यक्षद्वय दाहाल र नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
जनसंघर्ष समितिका संयोजक...
नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९...

















