काठमाडौं । चीनले गलवान घाटीको झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको छ। गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्वीकारेको छ।
चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका सैनिकलाई विशिष्ट पदवीबाट सम्मान पनि गरेको छ । चिनियाँ सेनाले आफ्ना सैनिकमाथि रड, तीखो धार भएका डण्डी र ढुङ्गाले प्रहार...
पेरिसडाँडा। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटि बैठक बस्दैछ। निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारीस्वरूप नानगरिकता...
काठमाडौँ । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो । यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको...
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।
पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए ।...
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार...
सविन कुमार लोप्चन तामाङ
हेटौंडा । २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रम छ्युसी बौद्ध गुम्बा समितीको आयोजनामा हुुुन लागेको हो ।
भाषा , धर्म, संस्कार, संस्कृतिको उत्थान गर्ने हेतुले २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा गर्न लागिएको उक्त बृहत सांस्कृतिक कार्यक्रम फागुन ८ गते मकवानपुरको राक्सिराङ-६...
काठमाडौं । नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो ।
नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको १५ दिन बितिसक्दा...
सुर्खेत । कर्णाली लोकसेवा आयोगका अध्यक्षमा उपाध्याय नियुक्त कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त हुन ।
आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराए । त्यस्तै आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराए ।
विसं २०४४ पूर्व शिक्षक भएर आफू...
बैतडी । जबर्जस्ति करणीपछि ज्यान लिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्न रहेका भनिएका दोषी दिनेश भट्टले बयान फेरेका छन् ।
आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले जबर्जस्ति करणीपछि ज्यान लिएको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिए । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले ज्यान मात्रै लिएको बताउँदै आएका थिए । तर आज...
लघुकथा : रामे
- शारदा घिमिरे भैल
जग्गा दलालीको कामबाट राम्रो अाम्दानी भएपछि उसको फुर्ति अब बेग्लै भएको थियो । एकाएक घरको रुपरेखा पनि एकदम परिवर्तन भयो। एककप चियाको निम्ति साथीको मुख ताक्ने रामे अहिले सबैको राम सर भयो ।
घरमा अबेर अाउने,काम मिलाउनु कति गाह्रो छ ,तिमीलाई सधैँ घरमा बसेर यसै कराउने मात्र हो ।श्रीमतीले केही बोल्नै पनि त हुँदैनथ्यो उसका...

















