वीरगञ्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले शिक्षा क्षेत्रको बिकास बिना नगर क्षेत्र बिकास भएको बुझ्नु नगरप्रमुख को मुर्खता भएको बताएका छन् ।
सरस्वती पुजा को अवसरमा बाल निकेतन मोडेल इङलिस बोर्डिङ स्कुल, बहुदर माई नगरपालिका-९ बिश्रामपुर द्वरा आज बिधालयमा आयोजित सान्स्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै नेता पटेलले "बहुदर माइ नगरपालिकाको बिकास र यहाका जनता को समृधि का...
कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल कार्यक्रमलाई कोरियाको राजधानी सिऔलबाट सम्बोधन गर्दै किरातीले उक्त कुरा बत्ताएको हो ।
सो अभियानको सेन्ट्रल कोर्डिनेटरसमेत रहेका किरातीले मेलोमा फर्कनु अघि नै ओलीले लोकतन्त्र अपहरण गरि...
एजेन्सी। संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।
टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मङ्गलबार बिहान एक महिना र तीन...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ९९८ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ७२ हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज...
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै आएको छ ।
समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरुले थाल र चम्चा बजाउँदै प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका...
Flash News
भागरथी घटनाका अभियुक्त पक्राउपछि डीआईजी सुवेदीले भने, “निर्मलालाइ पनि छिट्टै न्याय मिल्छ”
BIPEN Ulange -
समीर मल्ल
धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी ज्यान प्रकरणमा सफलता मिलेको बताएका छन् ।
भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको ज्यान लिने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएको उनले बताए ।
भागरथी बहिनीको...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्न लागेको हो।
आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५...
सिरहा।सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।
निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।...
काठमाडौ । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थे्रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें ।’
ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले भनेका थिए,...
काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागकाअनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट...

















