काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ ।
केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार...
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष रहेका बेला अमित शाहले नेपाल र श्रीलंकामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको खुलासा गरेका थिए ।
नेपालका विषयमा भ्रामक र दुष्प्रचारपूर्ण...
काठमाडौं । भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ। भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्।
पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर गोरखामा नै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले उनको घरमा पनि ठूलो क्षति पुगेको थियो । प्रबलीकरण गर्दा पुनर्निर्माणभन्दा समय र खर्च कम लागेको बताएका छन् । प्रबलीकरणको अनुभव सुखद र...
कञ्चनपुर। लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो ।
लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए । आयोगको...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९७५ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार १७६ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ६६ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ४ हजार...
एजेन्सी। म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।
स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् ।
सेनाले नागरिक नेता आङ सान सुकीलाई...
Flash News
हामी नेपाली ग्लोबलद्धारा न्युयोर्क राज्यमा ४० लाख ६० हजार रुपैया बराबरको खाना वितरण
BIPEN Ulange -
न्युयोर्क । गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स खाना वितरण गरेको छ। प्रति बक्स ५० डलर बराबरको खाना वितरण गरिएको हो ।।
आइतबार हामी नेपाली ग्लोबलका अध्यक्ष- अमृत लामा, प्रथम उपाध्यक्ष - नबराज के.सी , खेलकुद बिभाग प्रमुख - मोहन वाइबा लगायत विभिन्न समाजसेवि ब्याक्तिहरुको उपस्थितिमा न्युयोर्क राज्यको १५-०३ कलेज पोइन्ट, बिएल...
काठमाडौं । नेपालमा सोमबार थप १२२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप १४४ जना संक्रमित निको भएका छन् भने हालसम्म २...
सुर्खेत। द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारार्थ कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा डा मुनिराज क्षेत्रीको रोहबरमा आइतबार कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेल र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।...

















