झापा । नेपालमा पहिलोपटक आन्तरिक तथा बाह्य पर्यटकका लागि जिप साइक्लिङ भित्रिएको छ। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा स्थापित वाटर किङडम पार्कमा जिप साइक्लिङ पर्यटन उद्यमी राजकुमार संग्रौलाले भित्र्याएका हुन्।
दुई सय मिटर दुरीका दुई वटा विल्डिङमा झुन्ड्याइएको तारमा सर्वसाधारणले साइकल कुदाएर मज्जा लिन सक्नेछन्। एउटा साइकलमा दुई जनाले सयर गर्न सकिनेछ। दुईवटा तारमध्ये माथिल्लो तारमा साइकललाई झुन्ड्याइएको हुन्छ। तल्लो तारमा...
जनकपुरधाम । प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाका श्रीमती काशीदेवीलाई नेपाली कांगे्रस तरुण विभाग प्रदेश नं २ द्वारा सम्मान गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस तरुण विभागका सभापति शङ्कर भण्डारीले आज शहीद झाकोे पैतृक गाउँ जटहीमा उहाँलाई सम्मानका साथै शहीद झाको गणतान्त्रिक योगदानको सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मानपत्रमा लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, बहुलवाद, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन...
डोटी। नेपाल प्रेस युनियन डोटीले आफ्नो सङ्गठनमा आबद्ध पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरेको छ । युनियनमा आबद्ध भएर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका जिल्लाका ७० पत्रकारको दुर्घटना तथा जोखिम बिमा गरिएको युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
उनका अनुसार ,“काम गर्ने सिलसिलामा पत्रकार निकै जोखिममा हुने भएकाले हाम्रो सङ्गठनमा आबद्ध पत्रकारको बिमा गरेका छौँ, यसले काम गर्न हौसला मिल्ने...
काठमाडौं । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा रहको त्रिवेणी माध्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको नेतृत्व मोहन किसोर ओलीले गर्ने भएका छन् ।
यसअघि पनि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका ओलीलाइ शुक्रबार सम्पन्न एक भेलाले अध्यक्षमा चयन गरेको हो । सोही स्थानका वडा अध्यक्ष समेत रहेका ओलीको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको बताएको छ । निर्वाचित अध्यक्ष...
लघुकथा - अनुत्तरित प्रश्न
गीता रेग्मी
लखतरान परेर साेफामा यसाे के ढल्केकाे थिएँ । भुसुक्कै भएछु । फाेनकाे टुई टुईले बिउझिएँ। यसाे हेरेको विदेशी फाेन रहेछ ।
उठाउँ कि नउठाउँ भयो ! थाकेर शिथिल भएको थिएँ ! उसको फाेनले मेरो न त थकान मेट्थ्याे न त भाेक नै ।
युटुवर पत्रकारका जस्ता अन्ट सन्ट प्रश्नका जवाफ दिन दिक्क लाग्याे ।
गम खाँदा खाँदै फाेनकाे...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ।
बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ। यस्तै शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि...
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएकोमा यसपटक भने दाङमा मनाउन लागिएको हो ।
फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
जसअनुसार...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५३ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ३१८ जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ५८ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ३ हजार...
काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७" हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनेले...
काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् ।
सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।
प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
















