एजेन्सी। म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।
प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनस्थित...
बारा, बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बिआर...
काठमाडौं । चर्चित कलाकार विजय यादव "निर्विज" र सरिता साह अभिनित गीत’ मैरेज करव’ को भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ
गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म स्टडिजमा स्नातक गरेका प्रदेश नं. २ का गायक कलाकार विजय यादव निर्विजको स्वर रहेको भोजपुरी गिति एल्वम ‘मैरेज करब’ सार्वजनिक भएको हो ।
नेपालको तराई मधेस,...
काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो ।
खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले...
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसमा सरकारी वकिलहरूले विघटनलाई संविधानसम्मत साबित गर्ने प्रयास गरिरहेका छन् । सरकार पक्षका वकिलहरू शुक्रबारको बहसमा पनि संविधानमा नलेखिएका विषयलाई प्रधानमन्त्रीका अन्तरनिहित अधिकारको रुपमा व्याख्या गर्न तल्लीन रहे ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबारदेखि सरकार पक्षका वकिलले विघटनको पक्षमा बहस गरिरहेका छन् ।
प्रतिनिधिसभा...
लघुकथा - अनिर्णयको बन्दि
याम बहादुर गुरूङ "माईला डाडाखोरे"
काठमाडौको रत्नपार्कमा सधै जसो भिडभाड थियो। सत्तापक्षको रत्नपार्क र टुँडिखेल वरिपरिबाट सडकमा जिन्दाबाद र मुर्दाबादका नाराहरू घन्किरहेको परिदृष्य देखिन्थ्यो। रत्नपार्कको चौरभित्र बिभिन्न पार्टीहरूका नेताहरूको क्यारिकेचर गर्ने चार जना युवा कलाकारहरूको हाँस्यब्यङ्ग सम्बन्धी प्रस्तुतीहरूमा त्यहाँ हेरेर बसिरहेका त्रिचन्द्र कलेजका बिद्यार्थीहरूबीच चर्काचर्की बहसहरू चलिरहँदा
बुद्धिप्रसादले जुरूक्क ऊठेर आफ्नै साथी रामभक्तको कठालो समातेर भन्यो -" तेरो...
हिमाल टाइम्स संवाददाता
चितवन । मकवानपुरको राक्सिराङ ६ स्थित खरकण्डेटार,सिलिङ्गे,सिलाधनी,खैराङ, डाँडा खर्क हुँदै पालुङ जोडिने सडक खण्डमा माटो बिछ्याएर ग्राभेल नगरेपछि स्थानीय बासी असन्तुष्ट भएका छन् । केही समय अगाडि करिब ६ करोड रुपैयाँमा मोतिदान कन्ट्रक्सनलाई ग्राभेलको लागि टेन्डर परेको उक्त रोडमा अहिलेसम्म पनि ग्राभेल गरिएको छैन ।
"ग्राभेल सम्पन्न भयो । अब ८ सय मिटर मात्रै बाँकी छ" भनेर शुक्रबार...
काठमाडौं । गएको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् ।
यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ ।
हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५...
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सीसहित र्याली निकाल्दै व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेसहित विभिन्न माग गरेका छन् ।
राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग व्यवसायीको छ । उनीहरुले निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न माग गरेका छन् ।
बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ ।
सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिए पनि अत्यधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडीगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिए ।
तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुवैको...















