ऐजेन्सी । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ ।
अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको...
काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकारी वकिलले संविधानमा नलेखिएका विषय पनि प्रधानमन्त्रीका अन्तरनिहित अधिकार भएको दाबी गरेका छन्। ‘संविधानमा नलेखिएका कुरा कसरी प्रधानमन्त्रीका अवशिष्ट अधिकार भए ’ भन्ने इजलासको प्रश्नमा भने सरकारी वकिलले चित्तबुझ्दो जबाफ दिन सकेनन्।
सरकारका तर्फबाट भैरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा आधार लिएका संविधानका धाराभन्दा अन्य देशको अभ्यास र अवस्थाको चर्चा गर्दै...
बैतडी। बैतडीमा बिहीबार एक किशोरीको दर्दानाक तरिकाले ज्यान लिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो।
ती किशोरीको शव स्थानीय लवलेक जंगलमा दर्दानाक तरिकाले ज्यान लिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा...
मकवानपुर। राप्ती नगरपालिका नेकपा नगर कमिटिका अध्यक्ष ईमान सिंङ लामा औपचारिक रुपमा ओली समूहमा लागेका छन । राप्ती नगरपालिकाका अधिकांस नेकपाका कार्यकर्ताहरुले उनलाई नेपाल-प्रचण्ड समूहमा रहेको ठानेपछि ओली समूहको भेलामा उपस्थिति भएर उनले औपचारिक रुपमा ओली समूहमा लागेको बताएका हुन् ।
उनले केहि दिन अघि मात्र दुबै समुहको कार्यक्रममा गई अध्यन तथा जानकारी लिईरहेको बताएका थिए । उनको यो खालको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। समितिको सन्योजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहीलो बीश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिइन ।
अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता “ सन्तुलन र साथै स्वच्छ समाज निर्माणमा“ महिलाका सृजनाहरू र सोचहरूका बीषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने र यो...
मनहरी । प्रचण्ड माधव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको आम हडतालको प्रभाव मकवानपुरको पश्चिम क्षेत्रमा पनि परेको छ ।
जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रको रुपमा रहेको मनहरीमा नेकपाका नेता तथा कार्यकर्ता सडकमा छन । मनहरीमा राजमार्ग सवारी आवतजावतमा रोक लगाउनका लागि सांसददेखी गाउँपालिका अध्यक्ष सम्म सडकमै छन ।
बागमती प्रदेश सभा सदस्य तथा नेकपाका प्रदेश सदस्य ओम घलान, कैलाश गाउँपालिकाका...
काठमाडौं । नेपाली सेनाले नयाँ अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २ सय जना जनाका लागि विज्ञापन आह्वान गरेको हो ।
सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् ।
राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् । प्रमुख स्वकीय सचिव शिवसिंह वलीले मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको उल्लेख गर्दै सामाजिकसञ्जालमा फोटो सेयर गरेका छन् । तस्वीरमा मुख्यमन्त्री भट्टसँगै नेता...
सर्लाही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले...
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द...
















