काठमाडौं । आज भन्दा करिब १६ वर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धादिङका प्रेम बहादुर तामाङ १२ वर्षको देखि सम्पर्क बिहिन भएका छन् ।
धादिङको शेर्तुङ-४ मा जन्मिएर रुबी भ्यालीमा बस्दै आएका प्रेम बहादुर १२ वर्ष देखि परिवारको सम्पर्क बिहिन भएको परिवारले जनाएको छ । सन २००५ मा पुगेका प्रेमबहादुर मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक माछा प्याकिङ कम्पनीमा कार्यरत...
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।
त्यस्तै, केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पौडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।
प्रतिनिधिसभा विघटनसँगै दुई...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट केही मान्छेहरु चोइटिएर गएको जिकिर गरेका छन् । सोमबार बबरमहलस्थित कार्की बैंन्क्वेटमा बसेको केन्द्रीय कमिटीको चौंथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुुराको जिकिर गरे ।
साथै, उनले पार्टीको आधिकारिकताको विषयमा षडयन्त्र हुँदै आएको पनि दाबी गरे । साथै उनले जसले अध्यक्षता ग्रहण ग¥यो उही वरियतामा पहिलो हुने दाबी...
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् ।
त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार...
ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गरे । उनले भने, “महानगरपालिकाले लिएको स्मार्ट सिटी बनाउने...
काठमाडौं । बहुदल आउनुअघि हुने पञ्चर्यालीहरूलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म सडकमा शक्ति देखाउन गएका थिएनन् ।
गत माघ ९ गते नेकपाको दाहाल–नेपाल...
काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६...
काठमाडौं । नेपाल तामाङ घेदुङ को संघिय परिषद महासचिव महित कुमार तामाङ पित्री शोक परेका छन् । तामाङका बुवा रिच कुमार तामाङको ८४ वर्षको उमेरमा निधन भएको हो ।
भोजपुर निवासी तामाङ केहि समयदेखि काठमाडौंको चुच्चेपाटीमा बस्दै आएका थिए । उनको सोमबार बिहान साढे ६ बजे तीर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक तामाङ आज बौद्ध संस्कार अनुसार...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा...
ऐजेन्सी । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीलाई त्यहांको सेनाले पक्राउ गरेको छ । उनीसंगै त्यहांका अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
गएराति म्यानमारमा निर्वाचित जनप्रतिनिधिहरुमाथि भएको धरपकडले सो मुलुकमा फेरि सैनिक कू भएको आशंका गरिएको छ । सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो ।
उनीसंगै...

















