Home Blog Page 1418
  काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
सविन कुमार लोप्चन तामाङ हेटौंडा । २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रमलाई मकवानपुर तामाङ कलाकार संघ, हेटौंडामा आयोजना गर्न लागेको हो । भाषा , धर्म, संस्कार, संस्कृतिको उत्थान गर्ने हेतुले २८५७ अौं लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको आइतबार हेटौंडामा एक पत्रकार सम्मेलन गरि...
काठमाडौं । भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङ मलेसियामा बेपत्ता भएका छन ।हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएका हुन । करिब ७ वर्षअघि रोजगारीको लागि मलेसिया पुगेका राजु गत जनवरी ९ देखि एक्कासि सम्पर्क बिहिन भएको उनका माईला दाई तिलोचन तामाङले जानकारी दिए । उनका अनुसार राजु...
  काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा...
काठमाडौँ, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने भएको हो । जलपका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि बताए छ ।“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र...
  काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले संविधान बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनस्थापना हुने दावी गरेका छन । आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनस्र्थापनाको आदेश दिने समेत बताए । उनले मुलुकको परिवर्तनको रक्षाका लागी संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे । उनले प्रधानमन्त्री...
काठमाण्डौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल भानु माध्यमिक विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु गरिएको हो । गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन...
  बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् । बेमौसमी बाजा जस्तै गरि मुख्यमन्त्री पोखरेल २५ प्रतिशत काम भइसकेको पुलको शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको विरोध गरेको छ ।नेकपा रोल्पा जिल्ला अध्यक्ष...
काठमाडौं । काभ्रे कल्याणकारी समाज मलेसियाको नयाँ कार्यसमिति चयन भएको छ । जनवरी ३० तारिख शनिवारका दिन अनलाईन जुम भर्चुअल मार्फत सम्पन्न समाजको तेस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट १४ सदस्य कार्यसमिति चयन भएको हो । कार्यसमिति सर्वसहमत रुपमा चयन हुनेहरूमा बोर्ड अध्यक्ष:-गणेश थिङ तामङ, अध्यक्ष:-सोनाम मोक्तान, बरिस्ठ उपाध्यक्ष:-दिनेश थिङ तामाङ, प्रथम उपाध्यक्ष:-मिलन दोङ तामाङ, दृतिय उपाध्यक्ष:-नवराज मैनाली, महासचिव:-चलाख सिङ तामाङ,...
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको...
- Advertisement -

POPULAR POSTS