काठमाडौँ। गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ । शाखाले बिहीबार सहनशीला झालाई नियुक्त गरेको हो।
झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले बताए । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।
झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि...
Flash News
तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस् भन्दै गगनलाई विद्यासुन्दरको पत्र
Himal Times -
काठमाडौं। काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तत्कालीन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।
‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७/०९/२६को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग...
काठमाडौं। काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ। पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन । शहीद सप्ताहको अन्तिम दिन एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष, काभ्रेको वृहत युवा विद्यार्थी भेला सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध काभ्रेका प्रचण्ड नेपाल समूहका युवाहरु भेलाअघि विरोध सभा तथा र्याली निकालेका थिए ।
काभ्रेको बनेपामा आयोजित भेलामा सहभागी हुनका लागि नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा, युवा संघका संयोजक रामप्रसाद सापकोटा, अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङ दिपशिखा लगायतका...
काठमाडौँ। सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी दिए । उनका अनुसार...
काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि शुक्रबार बन्द रहने भएको छ । दुतावासले बिहिवार एक सुचना जारी गर्दै जनवरी २९ गते शुक्रबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा बढिरहेको कोभिड संक्रमित संख्या बढिरहेकोले सुरक्षा सतर्कताको तयारी गर्ने कार्यको लागि दुतावासका सेवा बन्द रहने दुतावासले जनाएको छ ।
"क्वालालम्पुर तथा वरिपरिका क्षेत्रहरुमा बढिरहेको कोभिड...
कोकिला चौधरीका
मुक्तक१
फर्किन्छु स्वदेश भन्दा भन्दै बिते कैयौं बर्ष
आफन्तसँग टाढिएर बस्नुपर्दा छैन मनमा हर्ष
छोरो अझै फर्केन भनी दुखी नहुनु है आमा
पछि सुखसँग बसौला भनी गर्दैछु अहिले संघर्ष ।।
मुक्तक२
छिया छिया भएको यो मन सिउने कसरी
अनिकालको यो भुमरीमा जिउने कसरी
दु:ख पिडा भुलाउन अलि अलि खाउ भने
आफुसँग एक सुको छैन पिउने कसरी ।।।
मुक्तक३
शक्ति प्रदर्शनको लागि यहाँ जुट हुन्छ
हिसाब नमिलेमा फेरि यहाँ फुट हुन्छ
त्यति...
काठमाडौं। अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।
घोडाघोडी नगरपालिका-२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका उनि धरौटी बुझाएर छुटिको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टले बताए ।
विकलाइ गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित...
एजेन्सी। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १२३ जनाको मृत्यु भएपछि...

















