कुवेत । क्यान्सर रोगको उपचार गर्दा गर्दै कुवेतको आदान हस्पिटलमा निधन भएकी मकवानपुरकी सरिता थिङको शव नेपाल पठाउन तयारी भएको छ । उनको शव नेपाल पठाउनको लागि त्यहाँ स्थित एनआरएन कुवेत लगायतका तीन सामाजिक संस्थाले सहयोग गरेका हुन ।
साविकको काँकडा-१ चुरियामाइ, मकावनपुर घर भएकी सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा गत पुस २६ गते मृत्यु भएको थियो ।
सरिता...
काठमाडौँ। पुर्बेली लोक गायक दीपेन्द्र राईको आवाजमा "सलल कोशी गीत बजारमा आएको छ। नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरुमा लागिपरिरहेका छन ।
पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमागायक दीपेन्द्र र गायीका लीला राईको स्वर रहेको छ। संगीतकार रुद्र श्रेष्ठको संगीत-शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन्। गीतमा पुर्बेली...
एजेन्सी। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ ।
भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट...
एजेन्सी। इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् ।
इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायमै राखेका हुन् ।
मतदानको नतिजा अनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए ।
पूर्व प्रधानमन्त्री म्याट्टिओ रेन्जी...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो भेला काठमाडौंमा सुरु भएको छ । भेला मंगलबार प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका लागि अध्यक्षद्वयसहितका नेताहरु त्यहाँ पुगिसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम विरुद्ध सञ्चारकर्मीहरूले भृकुटीमण्डपबाट प्रज्ञा...
लघुकथा : गाेष्ठिकाे उद्देश्यमधुसूदन प्रसाद घिमिरे
कथा कस्ताे लेखे मान्छेले मन पराउँछन् ।कथाकाे शैली, भाषा ,र कथा प्रस्तुतिकरण शिल्प यी तिनै कुरा बिषय छनाेट सवै मिलाए पछि मात्र कथा राम्राे हुन्छ । यसाे भनेर कथा गाेष्ठिमा एक जनाले भाषण नै गरे ।
सवैले उनका कुरा ध्यान पूर्वक सुनिरहे।, याैटाले खुस्स भन्याे" याे त सबैलाई थाहा भएकै कुरा हाे ।नाैलाे कुरा त...
झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो ।
बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४...
काठमाडौं । तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए ।
पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछिसाङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता छ । उक्त पोखरीसँगै ऐतिहासिक...
काठमाण्डौँ । सरकारले किसानसँग सम्झौता गर्दै २१ दिनभित्र उखु किसानका सबै भुक्तानी दिने प्रतिबद्धता गरे पनि पूर्णरूपमा भुक्तानी पाउन सकेका छैनन् ।
उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले तोकिएको समयभित्र किसानले भुक्तानी पूर्ण रूपमा नपाएको बताए ।
पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन् । किसानले अझै २२ करोड पाउन बाँकी छ । अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले खबर...
महेन्द्रमान बलामि
मुक्तक
केश फुल्न थालेपछि चिलाउँछ टाउको
सिङमा किरा परेपछि हिलाउँछ टाउको
टाउको भन्ने चिजै त्यस्तो सधैँ बस्छ माथि।
आर्य घाटमा पुगेपछि बिलाउँछ टाउको।
मुक्तक
आजभोलि जुहारी छु सुनूँ सुनूँ लाग्ने।
दुबै कान हत्केलाले थुनूँ थुनूँ लाग्ने।
चुनाव छ बैशाखमा भन्ने पनि सुनेँ।
राष्ट्रभक्त अर्कै नेता चुनूँ चुनूँ लाग्ने।
मुक्तक
साँझ पर्छ हर दिन हेर पश्चिममा।
सिमानामा किल्ला गाडी घेर पश्चिममा।
आपसमा लड्न छोड एक बन फेरि।
मातृभूमि लुटिएर खेर पश्चिममा।
अस्तु:

















