तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई...
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए ।
एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।...
काठमाण्डौँ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ ।
जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर...
लमजुङ । आगामी चैत महिनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा हुने भएपछि बिजुली थपिन लागेको हो ।
हालसम्म करीब ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनाले सम्भव भएसम्म फागुन अन्तिमसम्म र यदि सम्भव नभए पनि चैत...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाले नेकपा फुटेको नभई ओली चोइटिएर गएको स्पष्ट गरेका छन । अनेरास्ववियुले आइतबार काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘नेकपा फुटेको होइन, ओलीले चोइटाएका हुन् । रुखले, बासले बोक्रा र पट्यास फेर्छन् । बोक्रा वा पट्यास फेर्दैमा रुख ढल्दैन । नेकपा सतिशालजस्तो रुख...
Flash News
मलेसियामा निधन हुनेकाे संख्या ६ सय नाघ्याे, आज मात्रै ३ हजारबढी संक्रमित भेटिए
BIPEN Ulange -
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६०१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३३३९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ५८ हजार ४३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २६७६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख २० हजार ५१ जनाले...
एजेन्सी। चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ ।
समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु...
काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले मुलुक ध्वस्त पार्न बेर नभएको टिप्पणी गरेका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले यस्तो विध्वंशकारी मान्छे पाएको छौं, केपी ओलीले बालुवाटार छाड्ने बेलासम्ममा मुलुक ध्वस्त पार्न बेर छैन ।’
साथै, उनले ओलीलाई तनाशाह भन्दै उनीबाट मुलुक...
काठमाडौं । पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको...
काठमाडौँ। उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौँले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ ।
सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । टुन्डी सुसन जेभिसँग...

















