भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।
मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्दै यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताएका छन । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन ।
मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको...
काठमाडौं । कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।
कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो । सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई...
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।
लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका...
काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर सरकारले संविधानको अक्षर, भावना र मर्मविपरीतको काम गरेको आरोप लगाएको छ ।
प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले प्रतिगामी तत्व सडकमा सल्बलाइरहेका बेला सरकारले जनप्रतिनिधिमूलक संस्था विघटन गरेर देशलाई थप सङ्कटमा धकेलेको आरोप लगाए ।
संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने...
काठमाडौं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।
कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले...
ऐजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १९८ जनाको मृत्यु भएपछि...
काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन ।
आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ ।
मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले...
काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा एक यात्रुबाहक बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस भद्रकाली नजिकैको आकासे पुलनेर बिहीबार बिहान ७ः५५ बजेतिर बस सडकमै पल्टिएको हो ।
दुर्घटनामा परी चालक र एक जना बच्चा गरी दुई जना घाइते भएको बताएको छ । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ...
ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।
ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले...

















